२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

महाकाली घटनाको छानविन गरी दोषीलाई कारबाहीको माग गर्दै अखिल क्रान्तिकारीद्वारा विरोध प्रदर्शन

महाकाली घटनाको छानविन गरी दोषीलाई कारबाहीको माग गर्दै अखिल क्रान्तिकारीद्वारा विरोध प्रदर्शन
अ अ+ अ-

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले तुइन तर्ने क्रममा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको प्रकरणको छानविन गरी दोषी उपर कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।

अखिल क्रान्तिकारीले  जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको बास्तविकता छानविन गरी दोषीलाई हदै सम्मको कारबाही गर्न माग गर्दै लैनचौरस्थित भारतीय राजदुताबास अगाडी प्रदर्शन गरेको हो । पटक पटक भारतले नेपाल र नेपालीमाथि ज्यादती र दुव्र्यवहार गरेकाले भारतीय ज्यादती विरुद्ध विरोध प्रदर्शन गरिएको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बताउनुभयो । उहाँले नेपाल र नेपाली जनताको रक्षाको लागि सरकारलाई ध्यानाकर्षण गराउनुका साथै गम्भिर बन्न पनि अपिल गर्नुभयो ।

प्रदर्शनका क्रममा विद्यार्थीहरुले सिमा अतिक्रमण बन्द गर,जयसिंह धामी बेपत्ताको छानविन गर, सम्पूर्ण अतिक्रमित भूमि फिर्ता गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, लिपुलेक लिम्पियाधुरा, कालापानि हाम्रै हो, भारतीय विस्तारवाद मुर्दावाद लगायतका नाराबाजी समेत गरेका थिए ।