बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा एमालेमै फर्किएको बताएकी छन् ।
सोमबार विज्ञप्ति जारी गर्दै उनले आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै फर्किएको जनाएकी हुन् ।
तत्कालिन नेकपाबाट प्रदेशसभा सदस्यमा विजयी बनेकी उनले सर्वोच्चबाट एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी थिइन् ।