२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीबाट कारवाहीमा परेका चार नेताको मागबमोजिम अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार



अ+ अ-

काठमाडों । सर्वोच्च अदालतले माओवादी केन्द्रबाट कारवाहीमा परी प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार नेताको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको रिटमाथि सुनुवाइ गर्दै सुविधा सन्तुलन समेतका दृष्टीले अन्तरिम आदेश जारी गर्नु मनासिव नदेखिएको जनाएको हो ।

चारैजना नेताले माओवादीको कारवाही अवैधानिक रहेको भन्दै सांसद पदमा पुनर्वहालीका लागि सर्वोच्चमा अन्तरिम आदेश माग गरेका थिए ।