२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अबैध लागू औषध कोकिन सहित ९ पक्राउ



अ+ अ-

काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरले अबैध लागू औषध कोकिनको कारोवार गर्ने ९ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । ब्यूरोले काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै काठमाडौको बिभिन्न स्थानबाट पक्राउ परेकाहरुबाट कोकिन १ के.जि. ५१२ ग्राम, चरेश २५ ग्राम, गाँजा ९ ग्राम, गाँजा तान्ने सोली २३ वटा, डिजिटल तराजु २ थान र नगद रु. ७ लाख ८८ हजार ५७५ बरामद गरेको बताएको छ ।

बरामद भएको  कोकिनको बजार मुल्य करिब ४ करोड ५३ लाख ६० हजार बराबर रहेको बताइएको छ । प्रहरीले पकनाजोलमा रहेको एक होटलमा अबैध लागू औषध कोकिनको कारोवार भईरहेको सूचनाको आधारमा छापा मार्दा कारोबारमा संलग्न ४ जना ब्यक्तिहरु र कोकिन ५०० ग्राम फेला पारेको थियो ।

लामो समय देखि निगरानी गरिरहेको प्रहरीले पक्राउ परेका ४ जनाको सूचना र डेरा कोठा खानतलासी गर्दा थप ५ जना ब्यक्तिहरु र थप कोकिन र चरेश फेला परेको थियो । प्रहरी टोलीले पक्राउ परेकाहरुको बस्ने कोठा र अन्य संलग्नहरुको खोजी गर्दा काठमाण्डौ रानीबारी बस्ने बर्ष ४५ को सुरोज गुरुङबाट अबैध लागू औषध कोकिन ६८३ ग्राम र रानिबारी बस्ने बर्ष ४३ की अन्जु थापा मगरबाट अबैध लागू औषध कोकिन ३२९ ग्राम र नगद ७,५०,०००।– सहित पक्राउ गरेको बताएको छ ।

यसैगरि रानीबारीबाट थप तीन जना मुना तामाङ गुरुङ, रक्की आलेमगर रायल थापा मगर पक्राउ गरि अनुशन्धान गरिरहेको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा एक भारतीय नागरिक दक्षिण गोवा नग्गारवडा भोमा घर भएका बर्ष ३९ को सन्दिप पटेल पनि रहेको प्रहरीले बताएको छ । ब्यूरोले पक्राउ परेकाहरुलाई लागू औषध (नियन्त्रण) ऐन २०३३ अन्तरर्गत म्याद गराई थप अनुसन्धान गरिरहेको बताएको छ ।