२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

अबैध लागू औषध कोकिन सहित ९ पक्राउ

अबैध लागू औषध कोकिन सहित ९ पक्राउ
अ अ+ अ-

काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरले अबैध लागू औषध कोकिनको कारोवार गर्ने ९ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । ब्यूरोले काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै काठमाडौको बिभिन्न स्थानबाट पक्राउ परेकाहरुबाट कोकिन १ के.जि. ५१२ ग्राम, चरेश २५ ग्राम, गाँजा ९ ग्राम, गाँजा तान्ने सोली २३ वटा, डिजिटल तराजु २ थान र नगद रु. ७ लाख ८८ हजार ५७५ बरामद गरेको बताएको छ ।

बरामद भएको  कोकिनको बजार मुल्य करिब ४ करोड ५३ लाख ६० हजार बराबर रहेको बताइएको छ । प्रहरीले पकनाजोलमा रहेको एक होटलमा अबैध लागू औषध कोकिनको कारोवार भईरहेको सूचनाको आधारमा छापा मार्दा कारोबारमा संलग्न ४ जना ब्यक्तिहरु र कोकिन ५०० ग्राम फेला पारेको थियो ।

लामो समय देखि निगरानी गरिरहेको प्रहरीले पक्राउ परेका ४ जनाको सूचना र डेरा कोठा खानतलासी गर्दा थप ५ जना ब्यक्तिहरु र थप कोकिन र चरेश फेला परेको थियो । प्रहरी टोलीले पक्राउ परेकाहरुको बस्ने कोठा र अन्य संलग्नहरुको खोजी गर्दा काठमाण्डौ रानीबारी बस्ने बर्ष ४५ को सुरोज गुरुङबाट अबैध लागू औषध कोकिन ६८३ ग्राम र रानिबारी बस्ने बर्ष ४३ की अन्जु थापा मगरबाट अबैध लागू औषध कोकिन ३२९ ग्राम र नगद ७,५०,०००।– सहित पक्राउ गरेको बताएको छ ।

यसैगरि रानीबारीबाट थप तीन जना मुना तामाङ गुरुङ, रक्की आलेमगर रायल थापा मगर पक्राउ गरि अनुशन्धान गरिरहेको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा एक भारतीय नागरिक दक्षिण गोवा नग्गारवडा भोमा घर भएका बर्ष ३९ को सन्दिप पटेल पनि रहेको प्रहरीले बताएको छ । ब्यूरोले पक्राउ परेकाहरुलाई लागू औषध (नियन्त्रण) ऐन २०३३ अन्तरर्गत म्याद गराई थप अनुसन्धान गरिरहेको बताएको छ ।