२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

फेवातालबाट दुई जनालाई सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

फेवातालबाट दुई जनालाई सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार
अ अ+ अ-

कास्की । कास्की जिल्लाको पोखरा महानगरपालिका १८ स्थित रातोमाटा नजिकै फेवातालमा कायग सयर गर्ने क्रममा पल्टियर तालमा फसेका दुई जनाको सशस्त्र प्रहरीले साउन १७ गते सकुशल उद्वार गरेको छ । 

उक्त घटनाबारे जानकारी पाउनसाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी तत्कालै खटिई गई सो तालमा फसेका भक्तपुर घर भएका २१ वर्षिय सुगम शर्मा र २१ वर्षिया वर्षा ढुङ्गानालाई सकुशल उद्वार गरेको हो । 

सशस्त्र प्रहरीद्वारा गाँजा बरामद
पर्सा । पर्सा जिल्लाको विरगंज महानगरपालिका १४ स्थित पिपराबाट साउन १८ गते सशस्त्र प्रहरीले करीव २१ के.जी. गाँजा बरामद गरेको छ ।

मनहरीबाट विरगंजतर्फ जाँदै गरेको ना ३ ख ४२९७ नम्बरको ट्रकमा राखेर लैजाँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

त्यसवेला उक्त ट्रक समेत बरामद गरिएको छ । बरामद गाँँजा तथा ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।

सशस्त्र प्रहरीद्धारा चोरीपैठारीको लत्ताकपडा बरामद
मोरङ्ग ।मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १५ दरैयास्थित सीमा ईलाकाबाट साउन १७ गते सशस्त्र प्रहरीले करिब ३ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । 

भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।