२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

वर्तमान सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि प्रतिवद्ध छः अर्थमन्त्री

वर्तमान सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि प्रतिवद्ध छः अर्थमन्त्री
अ अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि प्रतिवद्ध भएको बताउनुभएको छ । 

सोमबार नेपाल पत्रकार महासंघले आफ्नो केन्द्रीय कार्यालयमा अर्थमन्त्री शर्मालाई स्वागत गरेको थियो । सो कार्याक्रममा बोल्दै उहाँले वर्तमान गठबन्धन सरकार प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिने बताउनुभएको हो । सरकार सञ्चार क्षेत्रको पक्षमा रहेको उहाँले स्पष्ट पार्नुभयो । नागरिक अधिकारका लागि पनि सरकार प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘कुनै दलीय प्रतिस्पर्धा वा दलीय स्वार्थमा नभएर राष्ट्रिय स्वार्थमा एकतावद्ध हुनुको विकल्प छैन । सहकार्यको विकल्प छैन । र संविधानले निर्दिष्ट गरे अनुसारको समाजवादउन्मुख अर्थतन्त्र भनेको छ, त्यसमा केन्द्रीत भएर अगाडी बढ्नुपर्छ भन्ने कुरा हामी सबैलाई महशुस भएको कुरा हो । त्यो आधारमा आज बनेको गठबन्धन र गठबन्धन सरकार सञ्चार क्षेत्रको, प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिन्छ । उभिनेछ । सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध भएको कुरा म स्पष्ट गर्न चाहान्छु । नागरिक अधिकारको लागि पनि यो प्रतिवद्ध छ ।’

अर्थमन्त्री शर्माले विगतको सरकारले कतिपय कुराहरु कार्यान्वयन हुनै नसक्ने गरी घोषणा गरेको भन्दै आफुले अध्ययन गरिरहेको बताउनुभयो । सकारात्मक कुराहरुलाई स्थापित गर्दै कार्यान्वयनमा लैजाने र भत्केका कुराहरुलाई सुधार गर्दै लैजाने उहाँले स्पष्ट पार्नुभयो ।

कोभिड–१९ महामारीले सञ्चार क्षेत्रमा पारेको प्रभावको सम्बन्धमा आफु जानकार रहेको भन्दै अर्थमन्त्री शर्माले यस क्षेत्रको आर्थिक संकट समाधानका लागि सरकारले के गर्नुपर्छ सल्लाह, सुझाव दिन आग्रह गर्नुभयो । सरोकारवालाहरुसँग छलफल गर्दै र सल्लाह, सुझाव लिदैँ सरकारले ल्याउन लागेको राहत प्याकेजमा समेटिने उहाँले बताउनुभयो ।