२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वकप्तान खड्काद्वारा क्रिकेटबाट सन्यास



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । खड्काले एक विज्ञाप्ती जारि गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । 

सन् २००२ देखि नेपाली राष्ट्रिय टोलीका लागि खेल्दै आएका  २ दशकपछि आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअर अन्त्यको घोषणा गरेका हुन् ।

सन्यासको घोषणा गर्दै खड्काले लेखेका छन् ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरा सपना भने अझै बामे सर्दैछन् ।’ खड्काको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले डिभिजन ५ बाट अगाडि बढ्दै २०१४ मा टि–२० विश्वकप खेलेको थियो ।