७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

नब्बे वर्षीय बोहरा भन्नुहुन्छ– देउवा सुदूरपश्चिमको खम्बा हो, सम्मान गर्नुपर्छ

नब्बे वर्षीय बोहरा भन्नुहुन्छ– देउवा सुदूरपश्चिमको खम्बा हो, सम्मान गर्नुपर्छ
अ+ अ-

डडेल्धुरा । पाँच पटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्ने व्यक्तित्व जन्माएको सुदूरपश्चिमको डडेल्धुरा जिल्ला आफैमा विकासका दृष्टिमा यहाँका अरु छ पहाडी जिल्लाको तुलनामा अघि छ ।

त्यसो त भौगोलिक रुपले पनि सात पहाडी जिल्लाको पायकपर्ने स्थानमा अवस्थित छ डडेल्धुरा । विसं २०४८ संसदीय निर्वाचनदेखि अनवरत अनवरत रुपमा जिल्लाको प्रतिनिधित्व गर्दै आउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको जन्मस्थल यही जिल्ला हो । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवन सुरु गर्नुभएका देउवा अहिले माउ पार्टी कांग्रेसकै सभापति हुनुहुन्छ । उहाँ नै आगामी मङ्सिर ४ मा आयोजित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ ।

प्रतिनिधिसभामा यो उहाँको सातौँ पटकको उम्मेदवारी हो । यसअघि छ पटक उहाँले यसै क्षेत्रबाट निर्वाचित हुनुभएको छ र मुलुकको गृहहुदै प्रधानमन्त्रीको जिम्मेवारी सम्हालीसक्नुभएको छ । त्यसैले आसन्न निर्वाचनमा पनि यहाँका जनताले उहाँलाई नै चयन गर्नेमा उहाँ ढुक्क हुनुहुन्छ ।

सात स्थानीय पालिका रहेको डडेल्धुरामा यस पटक निर्वाचन लक्षित चार दिने कार्यक्रम सकेर धनगढी फर्किनुभएका प्रधानमन्त्री देउवाले गृहजिल्लाको समग्र विकासका जनआकांक्षाअनुसार अघि बढ्ने योजना मतदाताहरुलाई चुनावीसभाका क्रममा सुनाउनुभयो ।

गत बिहीबार डडेल्धुरा सदरमुकाम खलंगामा पहिलो चुनावीसभामा सम्बोधन गरेका देउवाले सत्तागठबन्धनका उम्मेदवारसहित सबैजसो पालिका पुगेर मत माग्नुभयो ।

आइतबार भित्रीमधेशस्थित जोगबुढामा चुनावीसभामा अन्तिम सम्बोधनपछि गृह जिल्लाबाट विदा भएर धनगढी आउनुभएका प्रधानमन्त्री देउवाको चुनावी भेटघाट नियमित छ ।

विसं २०४८ को संसदीय निर्वाचन जितेपछि जितको यात्रालाई साताँै पटक निरन्तरता दिने तयारी रहेका देउवाललाई यस पटक भने विगतका निकटतम प्रतिद्वन्द्वी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका सत्ता गठबन्धन दलको दरिलो साथ रहेको छ ।

सुरुदेखि नै देउवालाई मत दिएर राष्ट्रिय राजनीतिमा स्थापित गराउँदै आएका डडेल्धुराबासीको यस पटकको माग भने शिक्षा, स्वास्थ्य क्षेत्रको सुधारका साथै भित्रीमधेशमा नदी कटान नियन्त्रणका लागि तटवन्धदेखि महाकालीमा पुलसम्म रहेका छन् ।

चुनावीसभामा सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले स्थानीय स्तरमा रहेका समस्या समधानका साथै डडेल्धुरामा मेडिकल कलेज स्थापनादेखि विमनस्थल निर्माणको विषय मतदातासामु राख्नुभयो ।

डडेल्धुराको आलितालमा आयोजित चुनावीसभामा देउवाको सभामा सहभागी भएका आलिताल गाउँपालिका–४ का ९० बर्षीय बलभद्र बोहराले देउवालाई सुदूरपश्चिमको खम्बाका रुपमा चित्रण गर्नुहुन्छ ।

‘‘देउवाजी सुदूरपश्चिमको अभिभावक र हाम्रो खम्बा नै हो” उहाँले भन्नुभयो– “डडेल्धुराबासीले राखेका माग उहाँले पुरा गर्दै आउनुभएको छ, उहाँप्रति नै हाम्रो आशा र भरोसा रहेको छ ।”

उहाँले देउवाले राज्य तथा राजनीतिमा प्राप्त गरेको सफलता सुदूरपश्चिमका लागि गौरवको विषय भएको बताउनुभयो ।

“भित्रीमधेशमा राम्रो अस्पताल भइदिए बिरामीहरुले उपचारका लागि तराई झर्नुपर्ने थिएन” बोहराले भन्नुभयो– “यहाँ पानीको स्रोत भएपनि सिँचाइका लागि व्यवस्था गरिदिए हुन्थ्यो, यसपालि उहाँलाई जनताले राम्ररी माग राखेका छन्, हेरौँ यो पनि उहाँले पूरा गर्नुहुनेछ ।” उहाँले स्थानीय खोलाको तटवन्ध निर्माण बाँकी रहेको सो विषय नेताहरुलाई दबाब दिइने बताउनुभयो ।

“निष्ठाको राजनीतिमा खडेरी परिरहेका बेला डडेल्धुराबासी एकतावद्ध भएर लामो समयदेखि देउवालाई नै जिताउँदै आएका छन् र उहाँले पनि यहाँका नागरिकको आशा र भरोसाको सम्मान गर्दै आउनुभएको छ । बोहराले भन्नुभयो– “अहिले त बुवा÷छोराको विचार नमिल्ने बेला देउवाजीले ठूला पार्टीबीच गठबन्धन गरेर कुशल क्षमता प्रर्दशन गर्नुभएको छ यसलाई हामीले सम्मान गर्नुपर्छ ।”

चुनावीसभामा प्रधानमन्त्रीले आफूलाई मात्र नभई प्रदेशसभाका सत्ता गठबन्धनका उम्मेदवारलाई समेत मत माग्दै हिड्नुभयो ।
“मै सित माओवादी नेता खगराज भट्ट जी तीन पटक निर्वाचन हारे” देउवाले भन्नुभयो– “यसपटक गठबन्धनबाट उहाँलाई जिताउनुहोस, सुदूरपश्चिमको मुख्यमन्त्री बनाइने छ ।”
उहाँले विगतको राजनीति लडाई बिर्सेर आगामी दिनमा स्थायी सरकारका लागि पनि गठबन्धन आवश्यक रहेको विषयमा मतदातालाई आश्वस्त पार्नुभयो ।
चुनावीसभाका क्रममा यहाँको परशुराम नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर, अजयमेरु गाउँपालिका, गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनलाई नै मत माग्नुभयो ।

डडेल्धुरामा नेपाली कांग्रेस बीपीका नेता कर्ण मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाही पनि प्रतिनिधीसभा सदस्यका उम्मेदवार छन् ।
प्रदेशसभातर्फ सत्ता गठबन्धनबाट प्रदेशसभा– क मा माओवादी नेता खगराज भट्ट र ख मा नेपाली कांग्रेसका नेता प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज जोशी उम्मेदवार छन् ।
आलितालका गाउँपालिकाका ७६ बर्षीय रामसिंह बोहराले देउवाले सुदूरपश्चिमलाई मुलधारसित जोड्न कर्णाली पुल बनाउनेदेखि यहाँका ठूला विकासमा पहल गरेको बताउनुभयो ।
“सुदूरपश्चिमलाई देश चिनाउनेदेखि यहाँको विकासका लागि उहाँको ठूलो भूमिका छ” उहाँले भन्नुभयो “अहिले पनि डडेल्धुराको विकासका धेरै योजनाहरु जारी छन् ।” बुवाका पालामा टनकपुरबाट भारी बोकेर नुन यहाँ पु¥याउनुपर्ने बाध्यता हटेको उहाँको भनाई छ ।

“सडक पुर्वाधार गाउँगाउँसम्म बने र घर–घरमै नुन पुगिरहेको अवस्था छ ।” बोहराले भन्नुभयो– “उपचारका लागि मात्रै यहाँबाट अन्यत्र जानुपर्ने बाध्यता हटेको छैन ।”

एकानब्बे हजारभन्दा केही बढी मतदाता रहेको डडेल्धुरामा आसन्न निर्वाचनका लागि एक सय ३९ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवा २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ सालका निर्वाचनमा यहाँबाट निर्वाचित भइसक्नुभएको छ र पाँच पटकसम्म मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालीसक्नुभएको छ ।

सोह्र वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २०७४ सालको निर्वाचन यहाँबाट प्रत्यक्षतर्फ निर्वाचन जित्ने कांग्रेसका एक्ला नेता समेत हुनुहुन्छ देउवा ।
डडेल्धुराका सबै पालिकाका सडकपूर्वाधार, बिद्युत, खानेपानी, सिँचाइ लगायतका विकासका काम भइसकेका छन् । भने अहिले देउवाले जोगबुढा क्षेत्रमा नदी कटान नियन्त्रण, महाकालीमा पक्की पुल, मेडिकल कलेज स्थापना, विमानस्थल निर्माण लगायतका विकासका योजना अघि सारेको नेपाली कांग्रेस डडेल्धुराका सचिब हेमराज चटौतले बताउनुभयो । शेरबहादुर सिंह र धनबहादुर भण्डारी÷रासस