५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि मन्त्रीको सय दिनको काम सार्वजनिक



अ+ अ-

काठमाडौं । कृषि तथा पशुपन्छि विकास मन्त्री महिन्द्रराय यादवले एक सय दिनको काम सार्वजनिक गर्नु भएको छ । 

सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कृषि मन्त्री भएर एक सय दिनमा कृषि क्षेत्रमा गरेका कामको बारेमा सार्वजनिक गर्नु भएको हो । एक सय दिनको काम सार्वजनिक कार्यक्रममा बोल्दै कृषि मन्त्री यादवले मन्त्री भएको एक सय दिनमा अघिल्लो सरकारको तुलनामा राम्रो काम गरेको बताउनु भयो । 

उहाँले किसानले बाली लगाउने बेलामा बीउको समस्या समाधान गर्ने काम गरेको बताउनु भयो । मन्त्री यादवले किसानले गहुँ लगाउने समयमा ५ सय क्विन्टल बीउ नपाएको अवस्थामा सरकारले समयमा नै बीउ उपलब्ध गराउने काम गरेको बताउनु भयो । उहाँले धानको उत्पादन र उत्पादन क्षेत्र वृद्धि गर्नु सरकारको दायित्व भएकाले त्यसको लागि काम गरिरहेको जानकारी दिनु भयो । 

नयाँ सरकार गठनपछि मल खोज्ने किसानलाई खाली हात नपठाएको दाबी गर्नु भयो । उहाँले सरकारसँग अहिले पनि गोदाममा मल मौज्दात रहेको जानकारी दिनु भयो ।  उहाँले अब सरकारले किसानको बैंक खाता तथा हात–हातमा अनुदान रकम पु¥याउने प्रक्रिया थालनी गरेको बताउनु भयो । सरकारले किसानलाई कृषि अनुदान दिँदा अख्तियार तथा मुद्धा लाग्ने गरेकाले अनुदान रोकिएकाले किसानलाई सहुलियत दिने तयारी सरकारले गरेको बताउनु भयो ।

मन्त्री यादवले भन्नुभयो,‘अघिल्लो सरकारले भन्दा यो सरकारले कृषिक्षेत्रका राम्रो प्रगति गरेको छ । कृषि बीउविजन समयमा नै उपलब्ध गराएको छ । किसानले गहुँको ५ सय क्विन्टल बीउ किसानले लिन नकिरहेका थिएनन् । पछि सरकारले त्यसको व्यवस्था गरेको छ । अन्य क्षेत्रमा नीजि क्षेत्रसँग सहकार्य गरेर काम गरिरहेका छौँ । धानको उत्पादन गर्ने, उत्पादन क्षेत्र वृद्धि गर्ने सरकारको दायित्व हो । यसलाई समय सापेक्ष नीतिगत हिसावमा समयमा नै सरकारले मल खादको जति राजनीतिकरण गरेर भ्रम कुरा गरेको थियो । 

तर अहिले पनि सरकारसँग ३ देखि ४ हजार मेटिकटन मल गोदाममा रहेको छ । तर किसानले माग जति प्राप्त मात्रै छैन । तर किसानलाई सरकारले खाली हात पठाएको छैन । मलमा आउने अनुदान कम गदै जाने र जुन किसानले काम गरेको छ त्यही किसानको खाता र हातमा अनुदान पु¥याउने काम गर्ने छ । बीचमा किसानको हातमा पुग्ने गरेको थिएन । अब कसरी पु¥याउने भन्ने गम्भिर छलफलमा छौँ । अहिले सरकारले कृषिमा धेरै अनुदानहरु रोकेका छौँ । धेरै अनुदानहरु अख्तियारमा पुग्छ । धेरै मुुद्धा लाग्ने गरेको छ । त्यसैले अनुदान भन्दा पनि किसानलाई सहुलियत रुपमा कृषि सामाग्रीहरु उपलब्ध गराउने योजनामा छौँ । समय सापेक्ष अनुसार नीतिहरु परिमार्जण गदै सरकार अगाडि बढ्छ । मन्त्रालयले नयाँ नयाँ काम गदै जाने छ ।’

कृषि मन्त्रीले एक सय दिनमा नीतिगत तथा कानूनी व्यवस्था, बाली÷बस्तुको (धान,उखु, कफी,कच्चा दुध)को मूल्य निर्धारण गरेको उल्लेख गर्नु भएको छ । त्यस्तै, बेमौसमी वर्षा प्रभावित कृषकहरुलाई राहत समन्वय,रासायनिक मल आयात र बिक्रि सहजिकरण ,गुणस्तर नियमन, नयाँ जोन र पकेट स्थापना लगायतका काम गरेको जानकारी दिनु भएको छ ।