१९ असार २०८३, शुक्रबार
,
Latest
राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब पार्टी एकताको च्याप्टर क्लोज : माधवकुमार नेपाल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब पार्टी एकताको च्याप्टर क्लोज भएको बताएका छन् । सोमबार अध्यक्ष केपि शर्मा ओलीले एकलौटी रूपमा अध्यक्षलाई झन् शक्तिशाली बनाउने गरी विधान संशोधनको प्रस्ताव राखेको भन्दै नेता नेपालले आफूनिकटका नेताहरूसँग सो प्रतिक्रिया दिएका हुन् ।

‘ओलीले सोमबार गरेको एकलौटी निर्णयले एकताको च्याप्टर क्लोज भएको छ । देशव्यापी रूपमा समानान्तर गतिविधिलाई अब तीव्रता दिनुपर्छ,’ नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘हिजोको निर्णयले पार्टी एकतामा बाधा पुर्याएको छ।’

पार्टीभित्र देखिएका विवाद मिलाउन पहल भइरहेका बेला अध्यक्ष ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक गरी विधान संशोधन प्रस्ताव अगाडि बढाएपछि नेता नेपालसहित उनी पक्ष असन्तुष्ट छ।

एमालेले सोमबार तुलसीलाल स्मृति भवनमा केन्द्रीय कमिटी बैठक गरेर अध्यक्ष र केन्द्रीय सदस्य निर्वाचित र अरू मनोनित गर्ने गरी विधान संशोधन प्रस्ताव अगाडि बढाउने निर्णय गरेको थियो। 

एमालेले विधान संशोधन प्रस्तावलाई अब भदौ २७ र २८ मा हुने विधान अधिवेशनमा पेश गर्ने भएको छ। यो विधान पारित भए दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, सात केन्द्रीय सचिव केन्द्रीय समितिले नै चयन गर्छ।