२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ

लुम्बिनी बाणिज्य क्याम्पसमा तोडफोड

लुम्बिनी बाणिज्य क्याम्पसमा तोडफोड
अ अ+ अ-

बुटवल । बुटवलस्थित लुम्बिनी बाणिज्य क्याम्पसमा तोडफोड भएको छ । आज बिहान नेविसंघ र अखिल क्रान्तिकारीका नेतारकार्यकर्ताले क्याम्पस तोडफोड गरेका हुन्।

क्याम्पस प्रशासनले दिएको जानकारी अनुसार नेविसंघ र अखिल क्रान्तिकारीले क्याम्पस भवनको झ्लायमा रहेका सीसा फुटाउनुका साथै विभिन्न सामग्री तोडफोड गरेको छ।

उनीहरूले लेखा शाखा, परीक्षा शाखालगायतमा तोडफोड  गर्दै कम्प्युटर, कुर्सी र महत्वपूर्ण कागजातहरूसमेत भुइँमा फालिदिएका छन्।

गत साउन ८ मा अनेरास्ववियुबाहेक अन्य चार विद्यार्थी संगठनले क्याम्पस प्रमुखकको कार्यकक्षमा तालाबन्दी गरेका थिए। नेविसंघ र अखिल क्रान्तिकारीले त्रिविका पुराना पाठ्यक्रम चलाउन र नयाँ थप गरेका पाठ्यक्रम बन्द गर्न दवाव दिइरहेका छन्। 

विद्यार्थी संगठनहरुले क्याम्पसमा यसअघि सञ्चालन भइरहेका बिबिएस र एमबिएसका पठनपाठन चलाउन र एमबिए, बिबिए, एमबिएम लगायतका पाठ्यक्रम बन्द गर्न माग गरेका छन्।