३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

सुदीप गौतम: जसले मर्दी हिमाललाई विश्वमाझ चिनाए

सुदीप गौतम: जसले मर्दी हिमाललाई विश्वमाझ चिनाए
अ+ अ-

गण्डकी पछिल्लो समयमा पदयात्रा पर्यटनमा चासो र चर्चा कमाएको गन्तव्य हो मर्दी हिमाल । झण्डै डेढदशक अघिसम्म मर्दी हिमाल पदयात्रा गुमनाम जस्तै थियो । जब डेढदशक अघि कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका सुदीप गौतमले मर्दी हाइक्याम्पमा होटेल सञ्चालन सुरु गर्नुभयो त्यबेला उहाँलाई अधिकांशले उपहासको पात्र बनाए ।

तत्कालीन समयमा फाट्टफुट्ट भकारी र चित्राले बारिएका भेडीगोठ मात्रै रहेको मर्दीमा पदयात्रा पर्यटनको विकासको लक्ष्यका साथ गौतमले गरेको निरन्तरको प्रयाससँगै अहिले भने मर्दी हिमाल पदयात्रा विश्वमाझ नै आशालाग्दो गन्तव्य बनिसकेको छ । सानो उमेरमा नै मर्दी हिमाललाई विश्वमाझ परिचित गराएका गौतमको शुक्रबार साँझ मर्दी हिमालमा खानेपानीको मर्मतका क्रममा ३५ वर्षको कलिलै उमेरमा निधन भएको छ ।

तत्कालीन समयमा उपहासको पात्र बने पनि त्यसको पर्वाह नगरी निरन्तर यस क्षेत्रको प्रवद्र्धनमा लागेका गौतमकै पदचाप पछ्याउँदै पछिल्लो समयमा मर्दीमा ठूलो सङ्ख्यामा सुविधा सम्पन्न होटेल बनिसकेका छन् । पोखराबाट नजिकैको पदयात्रा मार्गका रूपमा मर्दीले आफ्नो पहिचान स्थापित गरिसकेको छ ।

सन् २००७ मा गौतमले मर्दी हाइक्याम्पमा होटेल ट्रेकर्स प्याराडाइज सञ्चालन गर्नुपूर्व हाइक्याम्पमा मात्र नभई मर्दी पदयात्रा मार्गका फरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा, डुँडखर्कलगायतका कुनै पनि स्थानमा होटेल थिएनन्् । पदयात्रा मार्गमा डेढदशक अघिसम्म केवल भैँसीगोठ मात्रै रहेका अवस्थामा क्याम्पिङका भरमा रात कटाउनुपर्ने बाध्यता गौतमकै प्रेरणासँगै बनेका होटेललगायतका पूर्वाधारले अन्त्य गरिदिएका छन् ।

आफ्नो जीवनकालमा अहोरात्र मर्दीकै प्रवद्र्धन र विकासमा लागेका गौतमको मर्दी हाइक्याम्पमा नै पानीको लाइनमर्मत गर्ने क्रममा चिप्लिएर लड्दा निधन भएको नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले जानकारी दिनुभयो ।

मर्दी हिमाल पर्यटन पदमार्ग व्यवस्थापन समितिका संस्थापक अध्यक्षसमेत रहेका गौतमको पर्वतीय पर्यटनमा विशिष्ट योगदान रहेको अध्यक्ष शर्मा बताउनुहुन्छ । “गौतम नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको सचिवको जिम्मेवारीमा समेत रहनुभएको थियो”, उहाँले भन्नुभयो, “पर्वतीय पर्यटनमा मर्दी हिमाल मात्र नभएर अन्यस्थलको प्रवद्र्धन र विकास गर्नुपर्छ भन्ने उहाँको सोच थियो ।” माछापुच्छ्रेकै तीन शिरको प्रवद्र्धनका लागि केही महिनाअघि भएको कार्यक्रममा पनि स्व गौतमको नेतृत्वदायी भूमिका रहेको उहाँले स्मरण गर्नुभयो ।

पोखरा–बागलुङ राजमार्गअन्तर्गतको काँडे हुँदै मर्दी हिमालको पदयात्रा गर्ने पर्यटकले पहिलो रात फरेस्ट क्याम्पमा बिताउँछन् । फरेष्ट क्याम्प दुई हजार छ सय मिटरको उचाइमा छ । त्यहाँ रात बिताएका पर्यटक भोलिपल्ट लगभग छ÷सात घण्टाको पदयात्रापछि तीन हजार पाँच सय ५० मिटर उचाइको मर्दी हाइक्याम्प पुग्दछन् । हाइक्याम्पबाट बिहान झिसमिसेमा उठेर पदयात्री चार हजार दुई मिटरको भ्यू प्वाइन्ट पुग्छन् र त्यहाँबाट मर्दी हिमाल आधार शिविरसम्म पुगेर फर्कने गर्दछन् ।

मर्दी हाइक्याम्पबाट करिब दुई घण्टामा चार हजार दुई मिटर उचाइको ‘भ्यु प्वाइन्ट’ र त्यहाँबाट दुई घण्टामा चार हजार पाँच सय मिटर उचाइको मर्दी आधार शिविर पुग्न सकिन्छ । कास्कीको काँडेबाट प्रारम्भ हुने यस पदयात्रा मार्गमा अष्ट्रेलियन क्याम्प, पोथना, प्रितम देउराली, फरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा हुँदै मर्दी हाइक्याम्पसम्म बनेका पूर्वाधार तथा थपिँदै गएका सेवा सुविधामा कुनै न कुनै रूपमा गौतमको योगदान रहेको यहाँका व्यवसायी स्मरण गर्दछन् ।

पर्यटकलाई लक्षित गरी पदयात्रा मार्गको हाइक्याम्पमा १३ वटा, फोरेष्ट क्याम्पमा १२ वटा, लो क्याम्पमा नौवटा, बादल डाँडामा छवटा र डुँडखर्कमा तीनवटा होटेल सञ्चालनमा आइसकेका छन् । सन् १९९० देखि २००७ सम्म पदयात्रा मार्गका विभिन्न स्थानमा भैँसीपालन गर्दै आएका व्यवसायीले क्याम्पिङ गरी बस्ने पर्यटकलाई सेवा प्रवाह गरिरहेकोमा त्यसयता भने भने ठूलै सङ्ख्यामा खुलेका होटेलले पर्यटकको चाहनाअनुसार सेवा प्रवाह गरिरहेको अघिल्लो वर्ष रासससँगको कुराकानीमा गौतमले बताउनुभएको थियो ।

गौतमको निधनले पदयात्रा पर्यटनका क्षेत्रमा अपूरणीय क्षति पुगेको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले बताउनुभयो । उक्त पदयात्रा मार्ग मात्र नभई गौतमले पर्वतीय पर्यटनसँगै पदयात्रा पर्यटन र वातारणीय संरक्षणमा अतुलनीय योगदान गर्नुभएको उहाँले स्मरण गर्नुभयो ।

गौतमकै पहलमा गत वर्ष मर्दी हिमाल आधार शिविरमा दिगो हिमालयन कोष नामक संस्थाको आयोजनामा पहिलो पटक स्की महोत्सव भएको थियो । मर्दी हिमालमा नै पर्यटन र पर्वतारोहणको प्रयोगात्मक शिक्षा दिनेस्थलका रूपमा विकास गर्ने लगायतका विभिन्न्न योजनासमेत गौतमले अघि सार्नुभएको थियो । रासस