६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

संसदीय समितिद्धारा निर्माणाधिन संघीय संसद भवनको स्थलगत अवलोकन

संसदीय समितिद्धारा निर्माणाधिन संघीय संसद भवनको स्थलगत अवलोकन
अ+ अ-

काठमाडौं । संसदीय समितिले सिंहदरवारमा निर्माणाधिन संघीय संसद भवनको लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको छ । प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिका पदाधिकारीहरुले आईतबार सो निर्माणाधिन भवनको स्थलगत अवलोकन गरेपछि सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेका हुन । स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै समितिकी सभापति कल्याणी खड्काले सरकारले सो भवनको निर्माण कार्य समयमै सम्पन्न हुने गरी बजेटको पर्याप्त व्यवस्था गर्नुपर्ने देखिएको प्रतिक्रिया दिनु भयो ।

उहाँले त्यहाँ काम गर्ने श्रमिकहरुका लागि तत्काल कोभिडविरुद्धको खोपको व्यवस्था गर्न र निर्माणस्थल वरपरको फोहोरको पनि तत्काल व्यवस्थापन गर्नुपर्ने आवश्यक्तामा जोड दिनु भयो । सभापति खड्काले भन्नु भयो, ‘निर्माणाधिन सो भवनका लागि पर्याप्त बजेटको अभाव देखियो । सरकारले प्राथमिकताका साथ अघि बढाएको सो भवन निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्छ । फोहोर व्यवस्थापन र त्यहाँ काम गर्ने मजदुरहरुका लागि पनि तत्काल कोरोना खोपको व्यवस्था गर्नुपर्ने आवश्यक्ता महशुस गरिएको छ ।’

त्यस अवसरमा सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले संसद भवन परिसरभित्र निर्माण भईरहेका १२ वटा ब्लकहरुको कार्य प्रगति विवरण तथा देखिएका समस्याबारे समितिका पदाधिकारीहरुलाई जानकारी गराउनु भएको थियो । उहाँले कोभिडका कारण अपेक्षा अनुसार सो निर्माणधिन भवनको निर्माण कार्यले गति लिन नसकेको बताउनु भयो । सचिव सिंहले अन्तराष्ट्रिय बजारबाट निर्माण सामग्री खरिद गरि ल्याउने काममा समेत कोभिडले समस्या पारेको पनि संसदीय समितिका पदाधिकारीसँग जानकारी दिनु भयो ।

सचिव सिंहले निर्माणस्थल परिसरमा निर्माण हुने १२ वटा ब्लकमध्ये ११ वटा ब्लकहरुको निर्माणको कार्य भईरहेको बताउनु भयो । उहाँका अनुसार पार्किङ ब्लकको पहिलो तल्लाको ६० प्रतिशत काम सम्पन्न भएको छ । त्यसैगरी राष्ट्रियसभाको भुईँतल्लाको निर्माण कार्य सम्पन्न भई पहिलो तल्लाको पनि ७० प्रतिशत कार्य सम्पन्न गरिएको छ । प्रतिनिधिसभाको भुईँतल्लाको निर्माण कार्य ९० प्रतिशत सम्पन्न गरिएको तथा पहिलो तल्लाको निर्माण कार्य २३ प्रतिशत सम्पन्न गरिएको पनि सचिव सिंहले बताउनु भयो ।

भ्याटबाहेक ६ अर्ब ९२ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो निर्माणाधिन भवनको निर्माण कार्यको जिम्मेवारी टुण्डी शेक जेभीले पाएको छ । २०७६ साल असोज १६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नु भएको सो निर्माणाधिन भवनको निर्माण कार्य २०८० बैशाख १४ गते सम्पन्न गर्ने समयसीमा तोकिएको छ । यस अघि सभामुख अग्नीप्रसाद सापकोटाले पनि सो निर्माणाधिन भवनको स्थलगत अवलोकन गरी निर्माण कार्य तोकिएको समय भन्दा अघि नै सम्पन्न गर्न आयोजनाका पदाधिकारीहरुलाई आग्रह गर्नु भएको थियो ।