२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

एमाले विभाजन संयोग: २०५४ मा देउवा बिपक्षमा उभिँदा २०७८ मा पक्षमा !

एमाले विभाजन संयोग: २०५४ मा  देउवा बिपक्षमा उभिँदा २०७८ मा पक्षमा !
अ अ+ अ-

काठमाडौं । २०५४ सालमा शेरबहादुर देउवा नै प्रधानमन्त्री हुँदा नेकपा एमाले विभाजन भएको थियो ।   २४ बर्षपछि फेरी शेरबहादुर देउवा नै प्रधानमन्त्री हुँदा नेकपा एमाले विभाजन हुने भएको छ । २०५४ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग गरेको महाकाली सन्धिलाई समर्थन गर्ने कि बिरोध गर्ने भन्ने बिषयमा पार्टी भित्र अन्तर बिरोध चर्किदै गएपछि तत्कालीन उपमहासचिब बामदेब गौतमसहित सहाना प्रधान सिपी मैनालीहरु सहित झण्डै आधाआधी सांसद लिएर एमाले बिभाजन भएको थियो । 

तत्कालीन माले महाकाली सन्धीको बिपक्षमा उभिएको थियो भने  माधव नेपाल तथा केपी ओलीहरु पक्षमा उभिएका थिए । संयोग यस्तो परेको छ कि फेरी उनै देउवाको सरकारलाई समर्थन दिने वा नदिने भन्ने बिषय सहित शक्ति सघर्षको अन्तरकलहबाट नेकपा एमाले विभाजन हुँदैछ । २०५४ मा माधव नेपाल बिरुद्ध उभिएका बामदेब गौतम यती बेला केपी ओली बिरुद्ध उभिएर नयाँ दल दर्ताका लागि क्रियाशिल रहेका छन् ।

२०५१ सालको मध्यावधि चुनावबाट एमाले राष्ट्रियसभामा समेत गरी एक सय १५ सिटसहित संसदको पहिलो दल बनेको थियो। पार्टी विभाजनका लागि माले पक्षलाई ४० प्रतिशत अर्थात् ४६ जना सांसदको सहित एमाले बिभाजन भएको थियो ।

२०५६ सालमा भएको आम चुनावमा नेकपा मालेले एक सीट पनि जित्न नसकेपछि  बामदेब गौतम तथा सहाना प्रधानहरु एमाले फर्किएका थिए । भने सिपी मैनालीले नेकपा मालेलाई निरन्तरता दिदै आउनु भएको छ । मालेबाट एमाले फर्कदै गर्दा नेता गौतमले बल्खु स्थित पार्टी कार्यालय परिसरमा भन्नुभएको थियो 'सावा ब्याज सहित लिएर एकता गरौला भनेको व्याज त कता हो कता सावा पनि जोगाउन सकिएन म त माईन्यूट पूस्तक नै बोकेर आए । ' उहाँले माईन्यूट पुस्तक नै  एमालेलाई बुझाएपछि माले महासचिव सिपी मैनालीले कडा आपत्ति जनाउनु भएको थियो । 

२४ बर्ष पछि फेरी नेताहरुको शक्ति सधर्षका कारण एमाले बिभाजन हुदैछ । यस पटक २० प्रतिशत केन्द्रिय सदस्य वा सांसद लिएर आफू अनुकुल पार्टी फुटाउन अध्यादेश जारी गराउनु भएका नेपाललाई कुल सासंद १२२ मध्ये २२ देखी २४ सांसदको साथ रहने देखिएको छ ।  

यस अघि विभाजीत भएका नेपाली काग्रेस प्रजातान्त्रीक , माओवादीका बिभिन्न घटकहरु , राप्रपा  बिबेकशिल र साझा पार्टी केही बर्ष छुट्टा छुट्टै संगठन चलाएर फेरी निर्बाचनको मुखमा मुल पार्टीका फर्किएका थिए । बिभाजित हुनै लागेको एमालेका बरिष्ठ नेता माधव नेपालले पनि मंगलबार आयोजित एक कार्यक्रममा भन्नुभएको थियो ‘अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छौ र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्छौं । 

अहिले नयाँ दल दर्ता गरे पनि हामी तत्कालै अरु पार्टीसँग एकीकरण गर्दैनौं । ओली सुध्रिए भने त्यसपछि पनि एकता हुन सक्छ र चुनावमा सिट बाँडेर लड्न सकिन्छ ।’ यसको अर्थ सैद्धान्तिक बिमति नभै व्यक्तिगत टकराबका कारण पार्टी विभाजन हुनलागेका र केही समय पछि दुबै पक्ष ले एक अर्का बिना अघि बढेन कठिन हुने र एकताको अभियान सुरु हुने नेपाली राजनीतिमा नौलो बिषय नहोला ।