५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा प्रति खनालको टिप्पणी : भीरबाट लड्ने गाईलाई राम राम भन्न सकिन्छ… (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी चङ्गुलमा फस्नुभएको बताउनुभएको छ ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले अमेरिकाको दबावमा जुनसुकै हालतमा अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्न लाग्नुभएका प्रधानमन्त्री देउवाले यसका लागि गठबन्धन तोड्न खोजेको आरोप लगाउनुभयो ।

गठबन्धन तोडी नेकपा (एमाले) सँग मिलेर एमसीसी पारित गर्न खोज्ने प्रधानमन्त्री देउवाप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्री अमेरिकी पासोमा पर्नुभएको छ, भीरबाट लड्ने गाईलाई राम राम भन्न सकिन्छ ।”

उहाँले अमेरिकी पासोमा पर्नुभएका देउवा अब कहिल्यै उम्कन नसक्ने बताउनुभयो । अब गठबन्धन तोडिए पनि आ–आफ्नै हिसाबले राजनीति गरिने उहाँको भनाइ थियो ।