२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

यसकारण टुक्रिए एमाले र जसपा

यसकारण टुक्रिए एमाले र जसपा
अ अ+ अ-

काठमाडौं । नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूलो बलिदान दिएका राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) अन्ततः विभाजन भएका छन् ।

एमालेभित्र विवाद झागिँदै गएपछि दुईपटक विघटन गरिएको प्रतिनिधिसभा र त्यसपछि विकसित मुलुकको राजनीतिक  घटनाक्रमले यी दुवै राजनीतिक शक्तिलाई विभाजनसम्म पुर्याएको हो । राजनीतिक द्वन्द्वबाट उत्पन्न परिस्थितिका कारण पटकपटक दल विभाजन हुँदा सरकारलाई स्थिरता प्रदान गर्ने हेतुले दल विभाजनसम्बन्धी व्यवस्थालाई कडाइ गरिएको थियो । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले त्यसलाई उल्ट्याइदिए छ । 

त्यसो त प्रमुख राजनीति दलको विभाजनप्रति आम नागरिकले चिन्ता व्यक्त गर्दै सत्ता स्वार्थ र सुझबुझपूर्ण राजनीतिक नेतृत्वको कमी देखिएको प्रतिक्रिया दिएका छन् । नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदनपछि प्रस्तावित नयाँ राजनीतिक दल नेकपा एमाले ९समाजवादी०का नेता राजेन्द्रप्रसाद पाण्डेले भने नेपालका अरु वामपार्टीलाई समेटेर क्रान्तिकारी वाम आन्दोलनको नयाँ धु्रवीकरण गर्ने योजनाका साथ नयाँ दल दर्ता गरिएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “एमालेमा अलमलिएका कयौँ साथीलाई अब चाँडोभन्दा चाँडो एमाले ९समाजवादी० भित्र समावेश हुन हामी आह्वान गर्छौँ । त्यहाँ रहेकासँग कुनै शत्रुता गर्दैनौँ । एमालेले अब कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन सक्दैन ।” माधव नेपालको अध्यक्षतामा गठन भएको उक्त दलमा ९५ सदस्यीय केन्द्रीय समितिमा झलनाथ खनाल बरिष्ठ नेता हुनुहुन्छ ।

साविक एमालेबाट ५८ केन्द्रीय सदस्य र ३१ जना सङ्घीय सांसद नयाँ दलमा आउनुभएको जानकारी दिइएको छ । प्रारम्भमा खुला किताब चुनाव चिह्न प्रस्ताव गरिएको चर्चा चलेको भए पनि निर्वाचन चिह्नबारे निर्णय भइनसकेको र छलफलकै चरणमा रहेको जानकारी दिइएको छ ।

पटक–पटक प्रतिनिधिसभा भङ्ग गरेपछि त्यसको रक्षा तथा संविधानको रक्षाका एमाले (समाजवादी) दर्ता गर्नु परेको नेता पाण्डेले प्रतिक्रिया दिनुभयो । एमाले नेतृत्वबाट आफूहरूप्रति गरेको ब्यवहारका कारण सो पार्टीमा बस्ने आवस्था नरहेको उहाँको भनाइ छ । दल दर्ताको प्रमाणपत्र पाएपछि चाँडै पार्टीको राष्ट्रिय भेला र सम्मेलन गरीे कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन गर्ने र सर्वहारा श्रमजीवी जनताको हकहित अधिकार र राष्ट्रिय स्वाधीनताका लागि लड्ने दृढताका साथ काम गर्ने उहाँले अठोट व्यक्त गर्नुभयो ।

निर्वाचन आयोगमा आजै समाजवादी पार्टी नेपाल)लोकतान्त्रिक)का वरिष्ठ नेता राजेन्द्र महतोले साविकको जसपा विभाजन भएर नै नयाँ दल दर्ताका लागि निवेदन दिएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “विभाजित राजनीतिक दलका रूपमा जनता समाजवादी पार्टी, नेपाल लोकतान्त्रिक दर्ता भएको छ, सावित जसपाको १५ सांसद र १७ केन्द्रीय सदस्य नयाँ दलमा आउनुभएको छ ।”

अध्यक्षमा महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो रहनुभएको नयाँ दल २४ सदस्यीय कार्यकारिणी समितिको छ । मुलुकमा अरु दल पनि विभाजन भएको हुँदा विभिन्न कालखण्डमा पार्टी टुटफुट त भई हाल्छ नि भन्ने प्रतिक्रिया दिँदै वरिष्ठ नेता महतोले भन्नुभयो, “कुनै अध्यादेशले फाइदा पनि गर्छ नि त, आवश्यकता थियो र त अध्यादेश आएको हो नि !”

सोही दलका नेता शरदसिंह भण्डारीले आफूहरूले गठन गरेको नयाँ पार्टीले समावेशीका मुद्दालाई प्राथमिकता दिने तथा दलको चरित्र र सङ्गठन सशक्त बनाउने बताउनुभयो । तराई मधेशका माग मुद्दालाई कमजोर हुन नदिने हेतुले विगतमा पार्टी एकीकरण गरिएको सुनाउँदै उहाँले दलभित्र सत्ताको राजनीति अघि सारिएपछि विभाजन नै उपयुक्त बाटो ठानिएको बताउनुभयो ।