२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

गायक नेपाली: बेलढुङ्गामा नेपालको राष्ट्रगान गाउँदै…

गायक नेपाली: बेलढुङ्गामा नेपालको राष्ट्रगान गाउँदै…
अ अ+ अ-

बागलुङ । पोखरामा एकै मञ्चबाट ८० देशका राष्ट्रगान गाउने तयारीमा कोभिड(१९ को दोस्रो लहरका कारण बिराम लागेपछि विश्व राष्ट्रगान यात्री रामजी नेपाली अहिले गृहजिल्ला फर्किएका छन्। 

गायक नेपालीले कोरोना महामारीले विश्वयात्रामा त अवरोध खडा गर्‍यो नै देशभित्रै पनि निष्फिक्री घुम्न पाएका छैनन्। मानिस भेला पारेर कार्यक्रम गर्नु त झनै टाढाको कुरा भयो। पर्यटकीय सहर पोखराको फेवाकिनारमा उभिएर विभिन्न देशका राष्ट्रगानमार्फत् विश्व बन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देश प्रवाह गर्ने उनको योजना तत्काललाई पर सरेको छ। महामारी थामिएर स्थिति सहज हुनासाथ कार्यक्रमको चाँजोपाँचो मिल्नेमा उनी निर्धक्क छन्। 

पोखराका स्थानीय आयोजक संस्था र शुभेच्छुकले पनि कार्यक्रम गरी छाड्ने वचन उनलाई दिएका छन्। लम्बिँदो निषेधाज्ञाबीच केही समय घरमै बसेर ध्यान, साधना गर्ने र राष्ट्रगान गाउने अभ्यासलाई निरन्तरता दिन जन्मथलो फर्केको नेपालीले सुनाए।

महामारीका बेला लामो यात्रा तय गर्न नपाए पनि उनले नजिकका गन्तव्य चहार्ने, पर्यटन प्रवर्द्धनमा स्थानीयबासीसँग हातेमालो गर्ने र आफ्नो राष्ट्रगानको अभ्यासलाई निरन्तरता दिँदै आएका छन्। सो सिलसिलालाई नेपालीले यसपालि काठेखोला गाउँपालिका–३ धम्जा र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमामा पर्ने पर्यटकीय लेक बेलढुङ्गासँग जोडे।

गत सप्ताहन्तमा पर्यटनकर्मी र पत्रकारकासाथ पुगेका उनले बेलढुङ्गामा उभिएर राष्ट्रगान गाए। आफ्नो विश्वयात्राको सन्देश दिए। त्यहाँ उनले नेपालसहित छिमेकी देश भारत, चीन, मित्रराष्ट्र अमेरिका र फ्रान्सको राष्ट्रगान गाए। चालीस वर्षीय गायक नेपालीले पर्यटकीयस्थलबाट प्रतिकात्मकरूपमा सन्देश जाओस् भनेर राष्ट्रगान गाएको बताए। त्यसबखत बेलढुङ्गामा उपस्थित स्थानीयबासीसहित सबैले देशको राष्ट्रगानको सम्मान गरे। गायक नेपालीप्रति श्रद्धा राखे।

समुद्री सतहदेखि २६१४ मिटरको उचाइमा अवस्थित बेलढुङ्गाबाट राष्ट्रगान गाउँदा आनन्दको अनुभूति भएको नेपालीले सुनाए। 'देश विदेशका धेरै समारोहमा मैले राष्ट्रगान गाएको छु, यहाँ उभिएर गाउँदा नयाँ र रोमाञ्चक अनुभव सँगाले' उनले भने।

बेलढुङ्गा एउटा उदाउँदो पर्यटकीय गन्तव्यस्थल हो। त्यसको प्रवर्द्धनमा बागलुङ र म्याग्दी दुवै तर्फबाट प्रयास भइरहेको छ। ‘प्राकृतिक दृश्यावलोकन’ स्तम्भका रूपमा चिनिने बेलढुङ्गा पदयात्रासहित सूर्योदय र मनोरम हिमशृङ्खला अवलोकनका लागि पर्यटकको रोजाइमा पर्छ। त्यहाँ अहिले पर्यटनमैत्री हिसाबले पूर्वाधार बनिरहेका छन्।

बेलढुङ्गा पुग्नुभन्दा अघिल्लो रात राष्ट्रगान यात्री नेपालीले धम्जाको ओखलेमा रहेको सामुदायिक घरबास (होमस्टे) को पाहुना सत्कारकक्षमा पनि आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। कुनैताका ‘दोहोरी’ र ‘लोकपप’ गाउँदै हिँड्ने गायक नेपालीको अहिले मूल विधा नै राष्ट्रगान भएको छ।

विश्वका सबै देशका राष्ट्रगान गाउने ध्याउन्नमा उनी छन्। नेपालीको सङ्गीत अभ्यास र साधना पनि त्यसमै केन्द्रित छ। यात्रामा हुँदा होस् या विस्तारामा निदाउनुअघिसम्म उनी राष्ट्रगानको अभ्यासमै लिप्त देखिन्छन्। 

यसबीचमा उनी १३० देशका राष्ट्रगान गाउन सक्ने भइसके। बागलुङ नगरपालिका(६ भीरलाङ्खुरीका नेपाली ‘विश्व बन्धुत्व, साँस्कृतिक पर्यटन र सद्भावना’को सन्देशसहित २५ देशका राष्ट्रगान गाउँदै सन् २०१७ देखि विश्वयात्रामा निस्किएका थिए।

संयुक्त राष्ट्रसङ्घका १९५ वटै सदस्य राष्ट्रका राष्ट्रगान गाउँदै विश्वका २३२  देश पुग्ने उनको महत्वकांक्षी सपना छ। सन् २०२५ भित्र विश्वयात्रा पूरा गर्ने उनको योजना कोरोनाकै कारण पछाडि धकेलिने देखिएको छ। विश्वभर एकाएक फैलिएको कोरोना महामारीका कारण उनले आफ्नो विश्वयात्राबीचमै स्थगन गर्नुपरेको थियो।  रासस