५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

नयाँ स्टक एक्सचेन्ज खोल्न प्रस्ताव आह्वान

नयाँ स्टक एक्सचेन्ज खोल्न प्रस्ताव आह्वान
अ+ अ-

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) को एकाधिकार अब समाप्त हुन लागेको छ ।

धितोपत्र बोर्डले आज एक सूचना जारी गर्दै नयाँ स्टक एक्सचेन्ज खोल्न प्रस्ताव आह्वान गरेसँगै नेप्सेमाथि दबाब सिर्जना भएको हो ।

धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीमैत्री र अन्तरराष्ट्रिय स्तरको प्रविधि सहितको क्षमतायुक्त बनाई धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्न नयाँ स्टक एक्सचेन्ज खोल्ने गरी बोर्डले प्रस्ताव आह्वान गरेको छ ।

बोर्डले ४५ दिनभित्र ईच्छुक संघसंस्थाले निवेदन दिन भनेको छ । र बोर्डले प्राप्त गरेका निवेदनको मूल्याङ्कन गरी सरकार समक्ष सिफारिस गर्नेछ

बैकल्पिक स्टक एक्सचेन्ज गठनलाई लिएर यसअघिदेखि बिरोध हुँदै आएको थियो तर सरकारले बजेटमै नयाँ संस्था गठन गर्ने जनाएको थियो । तर कतिपयले यसमा आर्थिक चलखेल भएको आशंका गरेका छन् ।

stock exchange notice