२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

असोजदेखि शुक्रबार सेयर कारोबार बन्द गर्ने नेप्सेको निर्णय



अ+ अ-

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सञ्चालक समितिको बैठकले आउँदो असोजदेखि शुक्रबार सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार सेयर कारोबार नगर्ने सम्बन्धमा आइतबार बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो । लगानीकर्ताको माग, नियामक निकायको सुझाव र नेप्सेको कारोबार प्रणालीको मर्मतसम्भार गर्नुपर्ने भएकाले शुक्रबार सेयर कारोबार बन्द गर्ने निर्णय भएको नेप्सेले जनाएको छ ।

असोजदेखि पुरानो व्यवस्था अनुसार नै सातामा ५ दिन (आइतबार देखि बिहीबारसम्म) मात्र सेयर कारोबार गर्ने निष्कर्षमा नेप्से पुगेको हो ।

सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा गरेपछि गत जेठदेखि नेप्सेले पनि आइतबारको सेयर कारोबार बन्द गरेर शुक्रबार खोलेको थियो । पछि सरकारले आइतबारको बिदा खारेज गर्‍यो । तर सेयर कारोबार भने शुक्रबार पनि भइरहेको थियो ।

झण्डै तीन हजार नाघेको सेयर बजार निरन्तर ओरालो लागेको अवस्थामा सेयर लगानीकर्ताको चर्को दबाबका बीच शुक्रबारको सेयर कारोबार बन्द गरिएको स्रोतले बताएको छ ।

हाल सातामा ६ दिन (आइतबार देखि शुक्रबारसम्म) सेयर कारोबार हुँदै आएको छ ।