२२ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरायसी विवादमा श्रीमतीद्वारा श्रीमान्को हत्या



अ+ अ-

दाङ । घरायसी विवाद हुँदा तुलसीपुरमा एक महिलाले आज आफ्नै श्रीमान्को हत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले श्रीमान् ७८ वर्षीय खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरी हत्या गरेको  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम आर्यालले जानकारी दिनुभयो ।

आज बिहान ३ः०० बजेतिर घरायसी विवाद हुँदा श्रीमान्लाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेको देवीकुमारीले प्रहरी समक्ष बयान दिएकी छन् । उनलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)