२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

६१ वर्षका भए साउथ सुपरस्टार नागार्जुन

६१ वर्षका भए साउथ सुपरस्टार नागार्जुन
अ अ+ अ-

एजेन्सी । साउथ फिल्मका सुपरस्टार नागार्जुन अक्किनेनी आजदेखि ६१ वर्षमा लागेका छन् । २९ अगस्ट १९५९ मा जन्मिएका उनले बलिउड फिल्ममा समेत काम गरेका छन् । 

सन् १९८६ मा रिलिज फिल्म ‘विक्रम’ बाट साउथ फिल्म इन्डस्ट्रीमा डेब्यू गरेका उनले बलिउडमा भने फिल्म ‘शिवा’ बाट आफ्नो यात्रा सुरु गरेका थिए । अहिलेसम्म उनले ९० बढी फिल्ममा अभिनय गरिसकेका छन् । 
 
दुई विवाह गरेका नागार्जुनको पहिलो श्रीमती लक्ष्मी दग्गुबती संग १९९० मा डिभोर्स भएको थियो  र दोस्रो श्रीमती भने अमालासँग १९८४ मा बिहे गर भने सम्बन्ध १९९० सम्ममात्र रह्यो । 
 
नागार्जुन ८ सय करोडको सम्पत्तिका मालिक हुन् । उनीसँग हैदराबादको जुबली हिल्समा करीब ४० करोडको एक आलिसान घर छ । उनी अन्नपूर्णा स्टूडियो प्रोडक्सन कम्पनीका मालिक पनि हुन् । जुन ७ एकडमा फैलिएको छ । 

योसँगै उनी अन्नपूर्णा इन्टरनेशनल स्कूल अफ फिल्म एन्ड मिडियाको अध्यक्ष हुन् । उनले हैदराबादमा केही रेस्टुरेन्ट पनि सञ्चालन गर्दै आएका छन् ।
 
नागार्जुन कारका शौखिन पनि हुन् ।  उनीसँग थुप्रै कारहरुको कलेक्शन छ । जसमध्ये रोल्स रोयस, बेन्टले, बीएमडब्ल्यू, रेन्ज रोवर र पोर्शे रहेका छन् । 

नागार्जुनले आफ्नो करिअरको सुरुवात बाल कलाकारको रुपमा गरेका थिए । उनले १९६७ मा आएको फिल्म ‘सुदिगुंदालु’ बाट बाल कलाकारको रुपमा डेब्यू गरेका थिए । यसमा उनका पिता मुख्य भूमिकामा थिए ।

१९८६ मा मुख्य नायकको रुपमा डेब्यू गरेका उनले आफ्नो करिअरमा कयौं उत्कृष्ट फिल्ममा अभिनय गरेका छन् । उनका दुई छोरा छन् । दुबै छोराहरु नागा चैतन्य र अखिल अक्किनेनी साउथका अभिनेता हुन् । 

समाचार लिंक