२२ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

६१ वर्षका भए साउथ सुपरस्टार नागार्जुन



अ+ अ-

एजेन्सी । साउथ फिल्मका सुपरस्टार नागार्जुन अक्किनेनी आजदेखि ६१ वर्षमा लागेका छन् । २९ अगस्ट १९५९ मा जन्मिएका उनले बलिउड फिल्ममा समेत काम गरेका छन् । 

सन् १९८६ मा रिलिज फिल्म ‘विक्रम’ बाट साउथ फिल्म इन्डस्ट्रीमा डेब्यू गरेका उनले बलिउडमा भने फिल्म ‘शिवा’ बाट आफ्नो यात्रा सुरु गरेका थिए । अहिलेसम्म उनले ९० बढी फिल्ममा अभिनय गरिसकेका छन् । 
 
दुई विवाह गरेका नागार्जुनको पहिलो श्रीमती लक्ष्मी दग्गुबती संग १९९० मा डिभोर्स भएको थियो  र दोस्रो श्रीमती भने अमालासँग १९८४ मा बिहे गर भने सम्बन्ध १९९० सम्ममात्र रह्यो । 
 
नागार्जुन ८ सय करोडको सम्पत्तिका मालिक हुन् । उनीसँग हैदराबादको जुबली हिल्समा करीब ४० करोडको एक आलिसान घर छ । उनी अन्नपूर्णा स्टूडियो प्रोडक्सन कम्पनीका मालिक पनि हुन् । जुन ७ एकडमा फैलिएको छ । 

योसँगै उनी अन्नपूर्णा इन्टरनेशनल स्कूल अफ फिल्म एन्ड मिडियाको अध्यक्ष हुन् । उनले हैदराबादमा केही रेस्टुरेन्ट पनि सञ्चालन गर्दै आएका छन् ।
 
नागार्जुन कारका शौखिन पनि हुन् ।  उनीसँग थुप्रै कारहरुको कलेक्शन छ । जसमध्ये रोल्स रोयस, बेन्टले, बीएमडब्ल्यू, रेन्ज रोवर र पोर्शे रहेका छन् । 

नागार्जुनले आफ्नो करिअरको सुरुवात बाल कलाकारको रुपमा गरेका थिए । उनले १९६७ मा आएको फिल्म ‘सुदिगुंदालु’ बाट बाल कलाकारको रुपमा डेब्यू गरेका थिए । यसमा उनका पिता मुख्य भूमिकामा थिए ।

१९८६ मा मुख्य नायकको रुपमा डेब्यू गरेका उनले आफ्नो करिअरमा कयौं उत्कृष्ट फिल्ममा अभिनय गरेका छन् । उनका दुई छोरा छन् । दुबै छोराहरु नागा चैतन्य र अखिल अक्किनेनी साउथका अभिनेता हुन् । 

समाचार लिंक