२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

सुदूरपश्चिममा धुमधामका साथ भित्र्याइयो गौरा

सुदूरपश्चिममा धुमधामका साथ भित्र्याइयो गौरा
अ अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्व गौरा आज धुमधामका साथ भित्रयाइएको छ । सुदूरपश्चिममा मनाइने विभिन्न चाडपर्वमध्ये गौरा पर्वलाई विशेष महत्वका साथ लिने गरिन्छ । आज आइतबार यहाँका हिन्दू महिलाले नजिकै रहेका खेतबाट गौरालाई गौराघरसम्म भित्र्याएका हुन् । 

सप्तमीका दिन साउँ (एक प्रकारको वनस्पति) बाट पार्वतीको प्रतीकका रुपमा गौराको मूर्ति बनाई भित्र्याएक हुन् । गौरालाई खेतबाट बाजागाजाका साथ महिलाले गौराघरसम्म भित्र्याउने चलनअनुसार डोटीसहित समग्र सुदूरपश्चिममा गौरा भित्र्याइएको सायल गाउँपालिकाका ज्यातिस तथा पण्डित चेजराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सप्तमीका दिन गौरा देवी भित्र्याएपछि अष्टमीका दिन दुबोको पूजासहित गौरा र महेश्वरको विवाह गरिन्छ । गौरालाई अष्टमीका दिन पूजाआजा गर्दै, माङ्गल गानमा नचाइन्छ । गौरा भगवान् शिवकी पत्नी, हिमालयकी छोरीलाई हुन् । गौरीले कडा उपासना गरी शिवलाई पतिका रुपमा प्राप्त गरेको स्मरणमा सुदूरपश्चिम प्रदेशमा गौरा मनाइने चलन रहेको जोरायल गाउँपालिका–५ का पुजारी डिल्लीराज जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “शिव पति पाउन पार्वतीले गरेको कठोर तपस्या जस्तै यहाँका महिलाले पनि गौरा देवीको निकै तपस्या गर्छन्, सुदूरपश्चिममा यस पर्वको आफ्नै विशेष खालको महत्व रहेको छ ।” गौराको सुरुआत हरेक वर्ष भाद्र शुक्लपक्ष पञ्चमीमा हुन्छ, जसलाई बिरुडा पञ्चमी पनि भनिन्छ । सो दिन बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुआत हुन्छ । 

गौरा स्थापना गर्ने ठाउँ लिपपोत गर्न शुद्ध माटो ल्याउने, प्रतिप्रदामा लिपपोत गर्ने, द्वितीया÷तृतीयामा ब्रतालुले लत्ताकपडा धुने÷नुहाउने र चतुर्थीमा बिरुडाका लागि गेडागुडी केलाउने चलन रहेको दिपायल राजपुरकी गौरीदेवी शाखले जानकारी दिनुभयो । उहाँका अनुसार बिरुडा पञ्चमीमा भिजाएका बिरुडालाई षष्ठीका दिन पखालिन्छ अर्थात् धुने चलन रहेको छ । पखालिएका ती बिरुडालाई पूजाआजाका क्रममा प्रसाद तथा अक्षताका रुपमा प्रयोग गर्ने प्रचलन छ ।

गौरा पर्वमा चैत, धमारी, पुराना वीर योद्धा, राजामहाराजाका वीरगाथाका बारेमा गीत बनाई खेल खेल्ने चलन रहेको छ । ठाउँ र जिल्लाअनुसार यहाँ गौरा पर्वमा डेउडा खेलसमेत खेलिने प्रचलन रहिआएको छ । सप्तमीमा भित्र्याइएको गौरा प्रतीकलाई कम्तीमा पनि पाँच रातसम्म राख्ने गरिन्छ । पाँच रातसम्म गौरा घरमा डेउडा, फाग, चैत, धमारी खेल्ने गरिन्छ । भाद्र शुक्ल सप्तमीको दिन भित्र्याइने गौराले सुदूरपश्चिमका गाउँबस्तीमा भदौ महिनामा निकै रौनक थप्ने गर्दछ । सप्तसती देवीले दक्षको अग्नि कुण्डमा हाम फाल्दा आफ्नो सुक्ष्म रुपलाई हरियो घाँसमा छिपाइ भौतिक देह विसर्जन गरेकाले हरियो घाँसमा सतीदेवीको बास हुन्छ भन्ने मान्यता पनि रही आएको छ । त्यहीअनुसार धानमा उम्रने साउँ घाँससहितको समष्टिगत रुप बनाइ पूजा गर्ने परम्परा रहेको दिपायलका पण्डित मेखराज भट्टले जानकारी दिनुभयो । 

यसरी गौरा देवीको पूजाआजा गर्दा विवाहिता महिलाले आफ्ना पतिको दीर्घायुका साथै घरमा सुख शान्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । यस पर्वमा महिलाले एक वर्षका लागि ‘दुब–धागो’ लगाउने चलन रहेको स्थानीय धर्मादेवी जोशी पाठकले बताउनुभयो । गौरामा महिलाले ग्रहण गर्ने दुबे–धागोको महत्व हिन्दू पुरुषले लाउने जनैसरह हुने गरेको उहाँको भनाइ छ । ब्रतालुले दुब–धागो पहिरेपछि मात्रै शुद्ध मानिन्छन् । दुब–धागोलाई शास्त्रमा ‘सप्तम्या’ (सातवटा गाँठोको डोरा) भनिएको छ । शास्त्रअनुसार महिला वैवाहिक संस्कारबाट मात्र शुद्ध नहुने हुँदा दुब–धागो पहिरिनुपर्छ भनिएको छ ।

गौरापर्व यहाँका डडेल्धुरा, बैतडी, दार्चुला, अछाम, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर तथा डोटीमा मनाउने चलन रहेको छ । गौरा पर्व यस क्षेत्रको मौलिक पर्व मात्र नभई आपसी सद्भाव बढाउने पर्व भएको स्थानीयवासी बताउँछन् । कामका लागि जिल्ला छोडेर विदेशिएका पनि घर फर्किरहेकाले यहाँका गाउँघरमा अहिले चहलपहल बढ्दै गएको केआइसिंह गाउँपालिकाका स्थानीयवासी शेरबहादुर ऐरले बताउनुभयो । 

यहाँको स्थानीय प्रशासनले कोरोना सङ्क्रमणको जोखिम जिल्लामा कायमै रहेको भन्दै गौरा पर्वमा भिडभाड हुने गरी डेउडालगायतका खेलहरु नखेल्न सबैमा आग्रह गरेको छ । जिल्ला प्रशासनले एक सार्वजनिक सूचना प्रकासित गरी गौरादेवीको सामान्य पूजाआजा गरी समापन गर्न तथा भिडभाड नगर्न आग्रह गरेको हो । बिमल बिष्ट -रासस