२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलएल.बी. प्रथम वर्षको प्रवेश परीक्षाको फाराम बुझाउने म्याद थपियो



अ+ अ-

काठमाडौं । एलएल.बी. प्रथम वर्षको प्रवेश परीक्षाको फाराम बुझाउने म्याद थप गरिएको छ । त्रिभुवन विश्वविद्यालय कानून संकाय डीनको कार्यालले सुचना प्रकाशित गर्दै प्रवेश परीक्षाको फाराम बुझाउने म्याद थप गरिएको जानकारी दिएइको हो ।

सुचना जारी भएसंगै प्रदर्शनीमार्ग स्थित नेपाल ल क्याम्पसले पनि एलएल.बी. प्रथम वर्षको प्रवेश परीक्षा फाराम बुझाउने मिति थप गरेको छ । यसअघि एलएल. बी. प्रथम वर्षको प्रवेश परीक्षाको फाराम बुझाउने म्याद गत भदौ ८ गतेसम्म निर्धारण गरिएको थियो ।

तर नेपाल ल क्याम्पसमा तालाबन्दी भएपछि सो कार्य स्थगित भएको थियो । अब भने फाराम बुझाउन नपाएका तथा अन्य इच्छुक सम्पूर्ण विद्यार्थीहरुले भदौ १५, १६ र १७ गतेसम्मका लागि प्रवेश परीक्षा फाराम बुझाउन सक्नेछन् । 

नेपाल ल क्याम्पसले प्रकाशित गरेको सुचना अनुसार प्रवेश परीक्षा हुने मिति र समय तथा परीक्षा केन्द्र सम्बन्धी सूचना भने पछि प्रकाशित गरिने व्यहोरा छ ।