२२ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलएल.बी. प्रथम वर्षको प्रवेश परीक्षाको फाराम बुझाउने म्याद थपियो



अ+ अ-

काठमाडौं । एलएल.बी. प्रथम वर्षको प्रवेश परीक्षाको फाराम बुझाउने म्याद थप गरिएको छ । त्रिभुवन विश्वविद्यालय कानून संकाय डीनको कार्यालले सुचना प्रकाशित गर्दै प्रवेश परीक्षाको फाराम बुझाउने म्याद थप गरिएको जानकारी दिएइको हो ।

सुचना जारी भएसंगै प्रदर्शनीमार्ग स्थित नेपाल ल क्याम्पसले पनि एलएल.बी. प्रथम वर्षको प्रवेश परीक्षा फाराम बुझाउने मिति थप गरेको छ । यसअघि एलएल. बी. प्रथम वर्षको प्रवेश परीक्षाको फाराम बुझाउने म्याद गत भदौ ८ गतेसम्म निर्धारण गरिएको थियो ।

तर नेपाल ल क्याम्पसमा तालाबन्दी भएपछि सो कार्य स्थगित भएको थियो । अब भने फाराम बुझाउन नपाएका तथा अन्य इच्छुक सम्पूर्ण विद्यार्थीहरुले भदौ १५, १६ र १७ गतेसम्मका लागि प्रवेश परीक्षा फाराम बुझाउन सक्नेछन् । 

नेपाल ल क्याम्पसले प्रकाशित गरेको सुचना अनुसार प्रवेश परीक्षा हुने मिति र समय तथा परीक्षा केन्द्र सम्बन्धी सूचना भने पछि प्रकाशित गरिने व्यहोरा छ ।