२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कोरोना खोप दोस्रो डोज लगाएका व्यक्तिमा ९० प्रतिशतसम्म प्रभावकारी’



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाएका व्यक्तिमा ९० प्रतिशतसम्म प्रभावकारी रहेको बताएको छ ।

एक डोज मात्र खोप लगाएका व्यक्तिमा ८० प्रतिशत र पूर्ण डोज खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार असार २१ गतेदेखि साउन ३० गतेसम्म देशभरबाट संकलित नमूनाहरु मध्ये १३ हजार १६१ जनाको परीक्षण गरी विश्लेषण गर्दा उक्त नतिजा आएको हो । 

जसबाट प्राप्त प्रारम्भिक नतिजा अनुसार देशभरी ६८.६ प्रतिशत नमूनामा कोभिड-१९ एन्टिबडी देखिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।