२२ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी राजमार्गको गल्छीमा पहिरो पन्छाइँदै



फाईल फोटो
अ+ अ-

धादिङ । दुई दिनदेखि लगातार पानी परिरहेको छ । अविरल वर्षका कारण बाढीपहिराले नागरिकलाई सास्ती दिएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङ खण्डको गल्छी, थाक्रे, धुनिबेसी क्षेत्रका विभिन्न स्थानमा पहिराले राजमार्ग अवरुद्ध छ । 

‘लाइफलाइन’का रूपमा रहेको राजमार्ग क्षेत्रमा ठाउँठाउँमा पहिराले यातायात साधन सञ्चालन हुन सकेको छैन । सडक विभाग र ट्राफिक प्रहरीको डोजरको सहायताले सडक सफा गरिरहेको तर वर्षका कारण पहिरो खस्ने क्रम भने जारी छ । 

आज पृथ्वी राजमार्गको गल्छी र त्रिभुवन राजपथको धादिङ काठमाडौँ सिमानामा रहेको चिसापानी नजिक पहिराले आज दिनभर यातायात साधन रोकिएको थियो । ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा डोजरले पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको छ । बिहानदेखि यातायात साधन रोकिएका कारण राजमार्गमा लामो जाम लागेको छ ।