२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी राजमार्गको गल्छीमा पहिरो पन्छाइँदै



फाईल फोटो
अ+ अ-

धादिङ । दुई दिनदेखि लगातार पानी परिरहेको छ । अविरल वर्षका कारण बाढीपहिराले नागरिकलाई सास्ती दिएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङ खण्डको गल्छी, थाक्रे, धुनिबेसी क्षेत्रका विभिन्न स्थानमा पहिराले राजमार्ग अवरुद्ध छ । 

‘लाइफलाइन’का रूपमा रहेको राजमार्ग क्षेत्रमा ठाउँठाउँमा पहिराले यातायात साधन सञ्चालन हुन सकेको छैन । सडक विभाग र ट्राफिक प्रहरीको डोजरको सहायताले सडक सफा गरिरहेको तर वर्षका कारण पहिरो खस्ने क्रम भने जारी छ । 

आज पृथ्वी राजमार्गको गल्छी र त्रिभुवन राजपथको धादिङ काठमाडौँ सिमानामा रहेको चिसापानी नजिक पहिराले आज दिनभर यातायात साधन रोकिएको थियो । ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा डोजरले पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको छ । बिहानदेखि यातायात साधन रोकिएका कारण राजमार्गमा लामो जाम लागेको छ ।