२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनको बैठक जारी, आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी



अ+ अ-

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबिच बिहानैदेखी छलफल सुरु भएको छ ।  मन्त्रालय भागबण्डामा सहमति जुट्न नसक्दा सत्तारुढ गठबन्धन दलहरु फेरी छलफलमा जुटेका हुन् । 

सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु शनिबारदेखी निरन्तर मन्त्रिपरिषद विस्तार र मन्त्रालयहरुको भागबण्डाका लागि छलफल जुटपनि सहमतीमा पुग्न सकेका छैनन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्मकमल दाहाज प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई सहभागी रहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको डेढ महिना पुग्दा पनि दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति हुन नसक्दा मन्त्रिपरिषदले पूर्णता पाएको छैन ।  

गठबन्धनमा आबद्ध दलहरुको पछिल्ला बैठकहरुले निकास दिन नसपनी आज चाहिँ सहमति जुटाएर मन्त्री बन्नेहरूको नाम टुंगो लगाउने र सम्भवतः आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको जनाइएको छ ।