२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

एक रसियन सैनिक कमाण्डोको भक्तिमार्ग र भागवत व्याख्या (भिडियो सहित)

एक रसियन सैनिक कमाण्डोको भक्तिमार्ग र भागवत व्याख्या (भिडियो सहित)
अ अ+ अ-

काठमाडौ । शक्तिशाली राष्ट्रको सैनिक, हातमा बन्दुक, अनि बसाई ब्यारेकमा । साथमा लाखौँ डलर । तर एउटा पुस्तकले पुरै जीबन नै परिबर्तन गरिदियो । क्रिश्चियन परिवारमा जन्मेको त्यही परिबेशमा हुर्केको ब्यक्ति  एकाएक भगवान श्री कृष्णको अनन्य भक्त । भागवत गीता नै जीबनको गन्तब्य बनाएर हिड्नुभएको छ प्रा. डा .इगर ओभोलङ्कोभ अर्थात पत्रिदाश ।

अचेल उहाँको बाणीमा हरे कृष्ण हरे कृष्ण उच्चारित भैरहेको हुन्छ ।  सन् २००२ मा पहिलो पटक नेपाल आउनुभएका पत्रिदाशले वेदमा बिद्यावारिधि गर्नुभएको छ । आफूलाई श्रीकृष्णको पत्रवाहक ठानेर नाम पत्रिदास राख्नुभएका उहाँको जीबन यात्र पनि निकै रोमाञ्चक रहेको छ । रसीयन सैनिकको मेजर पदमा काम गरिरहँदा कमाण्डो तालिममा सहभागी हुने क्रममा एकजना आफूभन्दा माथिको सैनिक अधिकृतले भगवानको नाम लिन लगाएपछि आफूमा तत्काल आध्यात्मिक चेतना बढेको र त्यसपछि जागीर छोडेको हिडेपछि उहाँको नयाँ युग सुरु भएको हो ।

नेपाली, हिन्दी, संस्कृत, अंग्रेजी, युक्रेनी, रसीयन लगायतका १० भाषामा धारा प्रबाह बोल्न सक्ने पत्रिदाश यतिबेला भागबत गीता र हिन्दु संस्कारको सकारात्मक पक्षका बारेमा चर्चा गर्दै जनचेतना जगाउदै हिड्नुभएको छ ।सनातन हिन्दु धर्म र पूर्वीय दर्शनको विश्वमा प्रचार गर्दै हिन्दु धर्म संरक्षणमा सक्रिय रुसी नागरिक पत्रिदाश भगवान कृष्णका अनन्य भक्तका रुपमा रहदै आउनुभएको छ ।

हरे कृष्ण हरे कृष्ण हरे राम हरे राम भन्दै साथमा हार्माेनियमको मिठो धुनसहित कर्णप्रीय भजन गाउनुहुने पत्रिदाशले सबै धर्मको मुल धर्म सनातन धर्म भएको र सबैको मुल भगवान श्रीकृष्ण नै भएको भन्दै भक्तिभाव गर्ने गर्नुहुन्छ । बाईबलको समेत ज्ञाता रहनुभएका पत्रिदाशले जिसस क्राइस्टका बुबा खोज्दै हिँड्दा भगवान श्रीकृष्ण नै जिससका बुबा भएको सनातन हिन्दु धर्म र श्रीमद भागवत गीताबाट प्रमाणीत भएपछि श्रीकृष्णको भक्त बनेको सुनाउनु भयो ।

आत्म शान्ति र विश्वमा शान्ति स्थापना गरी मानव जगतलाई गीता ज्ञानबाटै एक सुत्रमा बाध्न सकिने उहाँको निष्कर्ष रहेको छ । कृष्णभक्तका रुपमा क्रियाशील संस्था अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) मार्फत १५० बढी भाषामा गीतालाई उल्थागरी विश्वमा गीता ज्ञान उहाँले पुर्याईरहनु भएको छ । बिसं १९९२ देखि भारत बसेर संस्कृत अध्ययन गरेर सारा हिन्दु शास्त्रहरुको अध्ययन गर्नुभएका पत्रिदाशले भन्नुभयो– जीवन बुझ्न संस्कृत भाषा अनिवार्य बुझ्नुपर्दछ ।

पत्रकारितामा मास्टर्स समेत गर्नुभएका पत्रिदाशले १९९५ मा भारतमा बैदिक सनातन धर्ममा पश्चिम बंगालबाट विद्यावारिधि गर्नुभएको छ भने विश्वका धेरै विश्वविद्यालयमा अतिथि प्राध्यापकका रुपमा संस्कृत विषय पढाउने गर्नुहुन्छ ।

उहाँले हाल काठमाण्डौ बुढानिलकण्ठमा ५२ रोपनी जग्गामा आश्रम निर्माण गरी ४० जिल्लामा आध्यात्मिक केन्द्र सञ्चालन उहाँको संस्थाले गरिरहेको छ । सस्थाले भक्ति बेदान्त अस्पताल सञ्चालन गरी निशुल्क सेवा समेत गरिरहेको छ ।

उहाँको निचाेड रहेको छ–  श्रीमदभागवत गीता भगवान श्रीकृष्णद्वारा आफना घनिष्ठ मित्र अर्जुनलाई दिनुभएको आत्मज्ञानको सारले भरिएको अध्यात्मिक विज्ञान हो । त्यो सबैले लिनुपर्छ । सबै धर्मको मुल धर्म सनातन धर्म भएको र सबैको मुल भगवान श्रीकृष्णनै भएको भन्दै उहाको भक्तीभाव गर्न आग्रह गर्नुभयो ।