२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

दल विभाजनमा सहभागी नहुन एमालेको प्रदेश र स्थानीयतहका जनप्रतिनिधीलाई निर्देशन (पत्रसहित)



अ+ अ-

काठमाडौं । नेकपा एमालेले दल विभाजनमा सहभागी नहुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । नेकपा एमाले बाट  बाहिरिएर नयाँदल दर्ता नेकपा एकिकृत समाजबादी बनेको र २१ दिन भित्र दल परिबर्तन गर्न सकिने कानूनी प्राबधान रहेको समयमा एमालले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई यस्तो निर्देशन दिएको  हो ।

अध्यक्ष केपी ओलीले अन्तरपार्टी निर्देशन जारी गर्दै सरकारले जारी गरेको अध्यादेशमाको उक्त प्रावधान संविधानको अक्षर र भावनाविपरीत रहेकोले पार्टीले  कानुनी प्रतिवाद गर्ने समेत जानकारी गराउनु भएको छ ।  

अध्यक्ष ओलीले जारी गर्नुभएको आब्हान पत्रमा भनिएको छ  २१ दिनसम्म प्रदेशसभा सदस्यहरू तथा स्थानीय तहका जनप्रतिनिधिहरूले दल छनोट गर्न पाइने भनी जारी गरिएको सूचनाबाट प्रभावित नहुन, पार्टीमा विभाजन र विखराव ल्याउने प्रयासका विरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न हाम्रो पार्टीको तर्फबाट निर्वाचित सबै प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिधिहरूलाई बैठकले निर्देशित गरेको छ ।’