काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् ।
सोमबार काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रमकाबीच थापाले आफूले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
‘हामी १४ औं महाधिवेशनको प्रारम्भमा छौं, मैले यो भन्दा अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेँ । मेरो वडाका अग्रज र मेरो साथीहरूको बीचमा गौरवका साथ १४ औं अधिवेशनमा म नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु ।’ उनले भने ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९–१३ मा हुने तय भएको छ ।