३० आश्विन २०८१, बुधबार
,
Latest
इजरायली सेनाद्वारा बुधबार पनि बेरुतमा आक्रमण बाढी, पहिरोपछिको पुनःनिर्माण र पुनःव्यवस्थापनका काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री कात्तिक महिनाका लागि पनि वाणिज्य बैंकहरूले घटाए ब्याजदर नोबेल पुरस्कार विजेता हानद्वारा लिखित १० लाख प्रति पुस्तक विक्री दशैँ मनाउन गाउँ गएका फर्किन थालेसँगै बढ्यो काठमाडौंमा चहलपहल निश्चल बस्नेतले ‘बेहुली फ्रम मेघौली’ हलबाट उतारे ‘सहयोग माग्न आउनेलाई रित्तो हात फर्काउँदिन’ जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता सवारी दुर्घटना गराई भागेपछि… स्याङजाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य कार्यक्रम बने सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता निधि र भारतका सडक परिवहन मन्त्रीगडकरीबीच छलफल



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतका सडक परिवहनमन्त्री नितिन गडकरीबीच नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल भएको छ ।

सडक परिवहनमन्त्री गडकरीको निवासमा बुधबार भएको छलफलमा कांग्रेस नेता निधिले भारत सरकारले निर्माण अघि बढाएको अयोध्या–भिठ्ठाभोड चार लेन सडक भारतको मधुवनी जिल्लाको गिरिजास्थान  हुँदै नेपालको जटही सीमासम्म थपेर निर्माण गर्न आग्रह गर्नुभयो ।

नेता निधिको आग्रहपछि मन्त्री गडकरीले तत्कालै मन्त्रालय र सडक विभागका अधिकारीलाई टेलिफोन गरेर जटही सीमासम्म थप सडक निर्माणलाई मन्त्रालयको कार्यक्रममा राख्न निर्देशन दिनुभएको नेता निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।

जटही–जनकपुर–ढल्केवर छ लेनको सडक निधि भौतिक पूर्वाधारमन्त्री भएकै बेला सम्पन्न भएको थियो । कलकत्ता बन्दरगाहदेखि दरभङ्गा हुँदै नेपालको जटही सीमासम्म वैकल्पिक अन्तर्राष्ट्रिय व्यापारिक मार्ग निर्माण गर्न पनि निधिले मन्त्री गडकरीसँग आग्रह गर्नुभएको छ । मन्त्री गडकरीकै निवासमा नेता निधि र भारतका जलशक्ति मन्त्री गजेन्द्रसिंह सेखावतबीच पनि भेटघाट भएको छ ।

भेटमा दुवै देशको सडक, जलस्रोत, ऊर्जा विकास तथा बाढी नियन्त्रण लगायतका विषयमा छलफल भएको छ । मन्त्री गड्गरी र सेखावतसँगको भेटमा निधिसहित भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा पनि सहभागी हुनुभएको थियो । त्यस अवसरमा राजदूत डा शर्माले लाइन अफ क्रेडिट र नेपालको भौतिक पूर्वाधार निर्माणमा प्राविधिक सहयोग उपलब्ध गराउने विषय अगाडि सार्नुभएको छ ।