१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेसँग एक्लै लड्ने हैसियत कुनै पार्टीमा देखिएन: विष्णु पौडेल



file
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले कुनै पनि राजनीतिक दलसँग एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नभएको बताउनुभएको छ ।

ललितपुरस्तरीय पार्टीको कार्यकर्ता भेला तथा प्रशिक्षणमा उहाँले गत स्थानीय चुनावजस्तै आगामी निर्वाचनहरु पनि एमाले भर्सेस गठबन्धन हुने बताउनुभयो ।

नेपालको राजनीतिमा नेकपा एमाले नामको पार्टीको उदय भएको भन्दै उपाध्यक्ष पौडेलले एमालेको विचारसँग कसैको विचारको तुलना नहुने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “एमालेसँग तुलना हुने कुनै पार्टी नै छैन, एमालेविरुद्ध चुनाव लड्ने दुई खुट्टाले टेकेको पार्टी नेपाल नामको धर्तीम देखिएन, आजको यथार्थ नै यही हो ।”