२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवस्तीमा पसेको सप्तकोसीको बाढीमा फसेका परिवारलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गर्ने



अ+ अ-

काठमाडौँ । कोसीको श्रीलंका टापुमा फसेका बराहक्षेत्रका ५०० परिवारको उद्धार नेपाल प्रहरी र सशस्त्र प्रहरीले गर्ने भएको छ । उदयपुरको बेलका नगरपालिका–८ मा रहेको मानवबस्तीमा सप्तकोसी पसेपछि करिब दुई हजार घर परिवार विस्ताथिप भएको बताइएको छ । उनीहरुको उद्धारका लागि दुवै प्रहरीका छुट्टाछट्टै तीन वटा टोलीले विभिन्न स्थानबाट उद्धार गरिरहेको छ ।

दुई दिनदेखि परेको अविरल वर्षासँगै सप्तकोसीमा उच्च बहाव आएपछि कोसी नदी मानव बस्तीमा पस्न सुरु गरेको थियो । बिहानसम्म बस्तीमा सामान्य डुबान देखिएपनि दिउँसो बस्तीमा बाढी बढ्दै गएपछि बस्ती छाड्न नमानेका सबै गाउँले अहिले गाउँ नै छाड्न चाहेपछि उनीहरु उद्धारको पर्खाइमा थिए ।

यसैबीच सप्तकोसीको बाढी बस्तीमा पसेसँगै सुनसरीको बराहक्षेत्र नगरपालिकाका ५०० घर परिवारका करिब दुई हजार ५०० जना श्रीलंका टापुमा फसेको जनाइएको छ । उनीहरुको उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी सक्रिय रहेको जनाइएको छ ।