२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

३४ वर्षपछि पुरानै धारमा सप्तकोसी



अ+ अ-

काठमाडौँ । लगातार दुई दिनसम्म परेको अविरल वर्षासँगै सप्तकोसी आफ्नो पुरानो धारमा फर्किएको छ । अविरल वर्षाले तटबन्ध भत्काएपछि ३४ वर्षपछि सप्तकोसी पुरानै धारमा फर्किएको हो । पूर्वतिर सुनसरीबाट बगेको सप्तकोसी अहिले पश्चिममा पर्ने उदयपुरतर्फ मोडिएको छ ।

विसं २०४५ मा कोसी बगेकै ठाउँमा अहिले फेरि कोसी पसेको हो । उदयपुरको बेलका नगरपालिका–८ को सिसौली बस्ती, वडा नं ९ को रंगशाला क्षेत्र, वडा नं ३ को जगनाथ, जुलेसी, एबिसी, सिर्जना, एकता, दुर्गा मन्दिर र जालपा लगायतका क्षेत्रमा कोसी पसेको छ । ३४ वर्षअघि पनि यो क्षेत्रमा कोसी पसेको थियो । अहिले ती क्षेत्रमा मानव बस्ती छन् ।

सप्तकोसीले धार परिवर्तन गरेसँगै बेलका नगरपालिकाका १, २, ३, ८ र ९ वडाका धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरी र सप्तरीको सप्तकोसी र कञ्चनरुप नगरपालिकाका साथै सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नं ६ र ७ बढी प्रभावित भएका छन् ।