५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको पहुँच सुनिश्चित गराउन प्रत्यायन विधेयक : मन्त्री बडू



अ+ अ-

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रत्यायन विधेयक, २०७८ निरीक्षण, परीक्षण र प्रमाणीकरण गर्ने कार्यलाई प्रावकारी र व्यवस्थित गर्ने उद्देश्यले ल्याइएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले विधेयक सम्बन्धी उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री बडूले मुलुकमा समरुपता परीक्षण, निरीक्षण, परीक्षण प्रमाणिकरणलाई प्रत्यायनको माध्यमबाट अन्तर्राष्ट्रिय मान्यता प्रदान यो विधेयकले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय बजारमा आफ्ना वस्तुहरुको पहुँच सुनिश्चित गराउने विषयमा पनि यो विधेयक महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री बडूले नेपालबाट विश्व बजारमा जाने उत्पादनको विश्वसनियता पनि यो विधेयकका कारण बढ्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय व्यापारमा नेपालका वस्तुहरुको पहुँच पनि सहजता पूर्वक हुने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो प्रश्ताव निरीक्षण, परीक्षण गर्ने, प्रमाणी गर्ने कार्यलाई प्रावकारी र व्यवस्थित गर्ने उद्देश्यले यो विधेयक ल्याइएको हो । मुलुकमा समरुपता परीक्षण, निरीक्षण, परीक्षण प्रमाणिकरणलाई प्रत्यायनको माध्यमबाट अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्नलाई, अन्तर्राष्ट्रिय बजारमा आफ्ना वस्तुहरुको पहुँच सुनिश्चित गराउने विषय हो । हामीले एग्रिडिटेशन गरिसकेपछिका वस्तुहरुको मात्र अन्तर्राष्ट्रिय बजारमा विश्वसनियता बढ्छ र यसलाई सहजै स्वीकार्य हुनसक्छ । यसले विश्व बजारमा जाने उत्पादनहरु हुन् त्यसको विश्वसनियता पनि यसले बढाउँछ । अन्तर्राष्ट्रिय व्यापारमा हाम्रो मुलुकको वस्तुहरुको पहुँच पनि सहजता पूर्वक होस् भनेर नै यो ल्याइएको हो ।’

प्रतिनिधि सभाको अर्को बैठक साउन २२ गते आईतवार बिहान ११ बजेका लागि बोलाइएको छ ।