• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo

अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको पहुँच सुनिश्चित गराउन प्रत्यायन विधेयक : मन्त्री बडू



काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रत्यायन विधेयक, २०७८ निरीक्षण, परीक्षण र प्रमाणीकरण गर्ने कार्यलाई प्रावकारी र व्यवस्थित गर्ने उद्देश्यले ल्याइएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले विधेयक सम्बन्धी उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री बडूले मुलुकमा समरुपता परीक्षण, निरीक्षण, परीक्षण प्रमाणिकरणलाई प्रत्यायनको माध्यमबाट अन्तर्राष्ट्रिय मान्यता प्रदान यो विधेयकले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय बजारमा आफ्ना वस्तुहरुको पहुँच सुनिश्चित गराउने विषयमा पनि यो विधेयक महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री बडूले नेपालबाट विश्व बजारमा जाने उत्पादनको विश्वसनियता पनि यो विधेयकका कारण बढ्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय व्यापारमा नेपालका वस्तुहरुको पहुँच पनि सहजता पूर्वक हुने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो प्रश्ताव निरीक्षण, परीक्षण गर्ने, प्रमाणी गर्ने कार्यलाई प्रावकारी र व्यवस्थित गर्ने उद्देश्यले यो विधेयक ल्याइएको हो । मुलुकमा समरुपता परीक्षण, निरीक्षण, परीक्षण प्रमाणिकरणलाई प्रत्यायनको माध्यमबाट अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्नलाई, अन्तर्राष्ट्रिय बजारमा आफ्ना वस्तुहरुको पहुँच सुनिश्चित गराउने विषय हो । हामीले एग्रिडिटेशन गरिसकेपछिका वस्तुहरुको मात्र अन्तर्राष्ट्रिय बजारमा विश्वसनियता बढ्छ र यसलाई सहजै स्वीकार्य हुनसक्छ । यसले विश्व बजारमा जाने उत्पादनहरु हुन् त्यसको विश्वसनियता पनि यसले बढाउँछ । अन्तर्राष्ट्रिय व्यापारमा हाम्रो मुलुकको वस्तुहरुको पहुँच पनि सहजता पूर्वक होस् भनेर नै यो ल्याइएको हो ।’

प्रतिनिधि सभाको अर्को बैठक साउन २२ गते आईतवार बिहान ११ बजेका लागि बोलाइएको छ ।