१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

नेपाली उद्योगमा विदेशी मजदुरहरु राखिएमा अनुगमन गरेर लागत संकलन गर्न निर्देशन

नेपाली उद्योगमा विदेशी मजदुरहरु राखिएमा अनुगमन गरेर लागत संकलन गर्न निर्देशन
अ अ+ अ-

काठमाडौँ । संसदीय समितिले नेपाली उद्योगमा विदेशी मजदुरहरु राखिएको विषयमा श्रम विभागलाई अनुगमन गरेर लागत संकलन गर्न निर्देशन दिएको छ ।

सोमवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगार र श्रम सम्बन्धि समस्याका विषयमा श्रम मन्त्रीसँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो । समिति सभापति विमलप्रसाद श्रीवास्तवले नेपाली उद्योगमा विदेशी कामदारको लागत संकलन गरी विदेशी कामदारको ठाउँमा स्वदेशी कामदार राख्न निर्देशन दिनुभयो ।

सभापति श्रीवास्तवले कतार, इजरायल तथा दक्षिण कोरियामा अहिलेसम्म श्रम मन्त्रालयबाट भए, गरेका कार्य प्रगतिको विवरण समितिमा पठाउन मन्त्रालयलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो,‘कतार, इजरायल तथा दक्षिण कोरियामा अहिलेसम्म श्रम मन्त्रालयबाट भए गरेका कार्य प्रगतिको विवरण समितिमा पठाउन निर्देशन गर्दछु । सम्बन्धित मन्त्रालयहरु उद्योग,श्रम र भौतिक पूर्वाधार तथा अन्य निकायहरुसँग समन्वय गरी श्रम मन्त्रालयको नेतृत्वमा छलफल गरी उद्योग मजदुरको समस्याको विषयमा श्रम मन्त्रालयले पहल गर्ने, विभिन्न कारखानाहरुमा विदेशी कामदारहरु रहेको विषयमा श्रम विभाग मार्फत सोको अनुगमन गरी लागत संकलन गरेर विदेशी कामदारको स्थानमा स्वदेशी कामदार राख्ने सम्बन्धमा आपसी सहयोग आवश्यक परेमा समितिका सदस्यहरुलाई समेत सहभागी गराउन निर्देशन दिन्छ ।’

सभापति श्रीवास्तवले नेपाली उद्योगमा स्वदेशी कामदार राख्ने विषयमा आपसी सहयोगका लागि समिति सदस्यहरुलाई पनि सहभागी गराउन निर्देशन दिनुभयो । समितिले सम्बन्धित मन्त्रालयहरु उद्योग,श्रम र भौतिक पूर्वाधार तथा अन्य निकायहरुसँग समन्वय गरी श्रम मन्त्रालयको नेतृत्वमा छलफल गरेर उद्योग मजदुरको समस्याको विषयमा श्रम मन्त्रालयले पहल गर्न मन्त्रालयलाई निर्देशन दिएको छ ।