१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

भारतले पठायो मूल्यसूची, पेट्रोलियम पदार्थको मूल्य फेरि घट्यो

भारतले पठायो मूल्यसूची, पेट्रोलियम पदार्थको मूल्य फेरि घट्यो
अ अ+ अ-

काठमाडौँ । भारतले पुनः पेट्रोलियम पदार्थको मूल्य घटेको सूची पठाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले सोमबार पठाएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजेलको मूल्य प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेको छ ।

यसअघि पनि भारतबाट आएको मूल्यसूचीमा पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेलको मूल्य प्रतिलिटर १६ रुपैयाँ ५६ पैसाले घटेर आएको थियो । यद्यपि नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको थिएन ।

पछिल्लो मूल्यसूचीमा पेट्रोल र डिजेलको मूल्य घटेसँगै निगमको पाक्षिक नोक्सानी अब करिब रु ७५ करोडमा झर्ने भएको बताइएको छ । निगम अब लामो समयपछि नाफामा गएको देखिन्छ । किनकी निगमले मूल्य नघटाए पेट्रोलमा प्रतिलिटर करिब २ रुपैयाँ नाफा हुनेछ । यद्यपि डिजेलमा मूल्य नघटाए पनि प्रतिलिटर १० रुपैयाँ नोक्सान हुने बताइएको छ ।

अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको मूल्यमा गिरावट आएको छ । त्यसैले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य दोस्रो पटक घटेर आएको हो । अहिले अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब १०३ डलर रहेको छ ।