७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

नागरिकता बिहिनको पत्र राष्ट्रपतिलाई, हामी कहिले सम्म अनागरिक भएर बस्ने ?

नागरिकता बिहिनको पत्र राष्ट्रपतिलाई, हामी कहिले सम्म अनागरिक भएर बस्ने ?
अ+ अ-

काठमाडौ ।  नागरिकता बिहिनहरुले आफूहरुको अभिभावक भएर समस्या समाधानका लागि पहल गर्न आग्रह गर्दे राष्ट्रपति बिद्यादेबी भण्डारीलाई पत्र लेखेका छन् ।  

नागरिकता बिहिन नेपालीहरुका तर्फबाट ईञ्जिनियर इन्द्रजित साफीले राष्ट्रपति भण्डारीलाई पत्र लेख्दै संसदबाट नागरिकता बिधेयक पास गराउने पहल गरिदिन पनि आग्रह गरेका छन् । पत्रमा उनिहरुले नेपालको सबिधान २०७२को भाग २ धारा १० को उपधारा १ अनुसार कुनै पनि नेपाली नागरिकलाई नागरिकता  प्राप्त  गर्ने हकबाट बन्चित गरिने छैन भन्ने स्पष्ट व्यवस्था गरेपनि आफुहरु नागरिकता बिहिन भएर बस्नु परेको पीडा ब्ब्यक्त गरेका छन् ।

पत्रमा उनिहरुले सबिधानकाृ भाग २ को धारा ११ को उपधारा ३ अनुसार यो सबिधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त  गरेको नागरिकको सन्तानले बाबु र आमा दुबै नेपालको नागरिक रहेछन् भने निज वालिग  भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने छ भन्ने कुराको पनि स्मरण गराएका छन् । नागरिकता बिहिन नेपालीहरुले लेखेको पत्रमा सबिधानको धारा ११को उपधारा ५ अनुसार नेपालको नागरिक आमाबाट नेपालमा जन्म भै नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई बंशजको आधारमा  नेपालको नागरिकता प्रदान गरिने उल्लेख भएको तर बाबु बिदेशी  नागरिक ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानून अनुसार अंगीकृत नागरिकतामा परिणत हुने उल्लेख गरिएको छ ।

पत्रमा नेपालको सबिधानले नागरिकता प्राप्तिमा नरोकेको भएपनि कानूनको अभाबमा नागरिकता प्राप्त गर्न नसकेको जनाईएको छ । प्रतिनिधिसभााको राज्य व्यवस्था तथा शुशासन समितिमा २०७५ भाद्र ५ गते नागरिकता बिधेयक दर्ता भए पनि सत्ताको लडाईमा नागरिकता बिधेयक अघि बढ्न नसेकेको उल्लेख गरिएको छ । पत्रमा दल बिभाजन गर्ने गरी ल्याईएको अध्यादेश तत्काल कार्यन्वयन हुने र नागरिकता सम्बन्धी अध्यादेश रोकिने भन्ने प्रश्न गर्दे आफूहरु कहिले सम्म अनागरिक भएर बस्ने भनि प्रश्न गरेका छन् ।

नागरिकता बिहिनहरुले आफुहरुलाई परेको समस्या उल्लेख गर्दे राष्ट्रपतिलाई पठाएको पत्रमा लेखेका छन् नागरिकता नभएर पढ्न पाईएन, पढेपनि काम गर्न पाईएन , बैदेशीक रोजगारीमा जाने आधार छैन , बैकमा खाता खोल्न सकिएको छैन , आफनो नाम बाट सीमकार्ड समेत निकाल्न नपाएको अबस्था छ ।

पटक पटक सरोकारवला निकायको ध्यानकर्षण गराउदै आन्दोलन धर्ना ,ज्ञापनपत्र बुझाउने काम गरेपनि कतै बाट सुनुवाई भएको गुनासो उनिहरुको रहेको छ ।  राष्ट्रपति लाई पठाएको पत्रको उनिहरुले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय , गृहमन्त्रालय , कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र सबैधानिक परिषद्लाई बोधार्थ दिएका छन् ।