२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुखबाट लडेर मृत्यु



symbolic picture
अ+ अ-

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरागाउँमा रुखबाट  लडेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय खोबारी खान रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । 

उहाँले आफ्नै बारीकोे रुखको हाँगा काट्नेक्रममा अचानक लड्दा खान गम्भीर घाइते भएको र  जिल्ला अस्पताल जलेश्वरमा उचारका क्रममा मृत्यु भएको बताउनुभयो ।