२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख र निर्वाचन आयोग बिरुद्ध ओलीले दायर गरेको रिट प्रधानन्यायधीसको बेञ्चमा



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभाका सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशसभाका सभामुखविरुद्ध दायर गरेको रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा सुनुवाई हुने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट माधवकुमार नेपालसहित १४ सांसदलाई समेत विपक्षी बनाएको मुद्दा  प्रधानन्यायाधीश राणाको  ईजलासमा सुनुवाईका लागि पेशी तोकिएको हो ।  एमालेले साधारण सदस्यबाट हटाएका  ९ जना र निवेदनमा हस्ताक्षर नगरेका ६ जनालाई सनाखत गराएर नेकपा एकिकृत समाजबादीलाई दलको मान्यता दिएको भन्दै ओलीले निर्णय खारेजीको माग सहित निर्बाचन  आयोग र सभामुख बिरुद्ध रिट दर्ता गराउनु भएको थियो ।

भदौ १६ गते बुधबार दायर गरिएको रिटमा ओलीले  सभामुख अग्नि सापकोटाले एमालेले सांसद पदबाट निष्कासन गरेका १४ जनामाथिको कारवाही असंवैधानिकरूपमा रोकेर राखेको उल्लेख गर्दे कारबाही गरिएकाहरुको सासंद पद खारेजीको माग समेत गर्नुभएको छ ।  यसै गरी  लुम्बिनी प्रदेशसभाले एमालेले गरेको कारबाही सिफारिस कार्यान्वयन अस्वीकार गरेको भन्दै त्यसको कार्यान्वयन माग गरिएको छ ।