२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अट्टो चालकको हत्या



सांकेतिक तस्बिर
अ+ अ-

झापा । विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ । कचनकवल गाउँपालिका–३ का अट्टो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या नै भएको बताउनुभयो । मृतकका छोरा १५ वर्षीय देवनारायण राजवंशीले कान्छा काकाले कोठामै बुबालाई मारेर भागेको प्रहरीलाई बताएका छन् । 

सोही वडामा डेरा गरी बस्ने ३८ वर्षीय रतनलाल राजवंशीले कुटेर मारेको र त्यसपछि आफ्नो ९ वर्षीय छोरा श्रीमनलाई साइकलमा लिएर भागेको प्रहरीलाई जानकारी आएकाले उनको खोततलास भइरहेको प्रवक्ता थापाको भनाइ छ । (रासस)