२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

म्याग्दीमा सार्वजनिक निकाय र बैंकको सेवा ठप्प

म्याग्दीमा सार्वजनिक निकाय र बैंकको सेवा ठप्प
अ अ+ अ-

काठमाडौं । इन्टरनेट सेवामा समस्या देखिएपछि म्याग्दीमा सार्वजनिक निकाय र बैंकको सेवा ठप्प भएको छ । 

पर्वतमा पहिराले इन्टरनेटको फाइबर चुँडाएपछि म्याग्दीमा सरकारी कार्यालय, बैंक, वित्तीय र सहकारी संस्थाको सेवा ठप्प बनेको हो । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको विभिन्न ठाउँमा पहिराले विद्युत्, सडक र सञ्चारसँग सम्बन्धित पूर्वाधारमा ठूलो क्षति पुगेको छ ।  

सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनीको फाइबर पहिराले चुँडाएकाले इन्टरनेटको सहायताले प्रदान गरिने सेवा ठप्प बनेको हो । मेघा बैंकको बेनी शाखाका प्रबन्धक कुमार ढुङ्गानाले पहिराका कारण सर्भर र इन्टरनेटको सम्पर्क विच्छेद भएकाले सेवा ठप्प भएको बताउनुभयो । 

चेक, विद्युतीय माध्यम र एटिएममार्फत हुने भुक्तानी, बचतको काम नहुँदा सर्वसाधारण, व्यवसायीलाई आर्थिक कारोवारमा समस्या भएको छ । जिल्ला प्रशासन, मालपोतलगायत अन्य सरकारी कार्यालयको सेवा पनि सर्वरको समस्याका कारण ठप्प भएको कर्मचारीले बताएका छन् । म्याग्दीमा विभिन्न बैंकका ३० भन्दा बढी शाखा छन् । 

नेपाल टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव शाहले पहिराले क्षति पु¥याएको फाइबरमर्मत गरेर आज साँझसम्म इन्टरनेट सेवा सूचारु गराउन प्रयास भइरहेको बताउनुभयो । बिहीबार रातिदेखि म्याग्दी, बागलुङ, मुस्ताङ र पर्वत जिल्लामा सडक, सञ्चार र विद्युत् सम्पर्क विच्छेद भएको थियो । 

नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्त झाका अनुसार पर्वतस्थित मोदी र तल्लो मोदी जलविद्युत् आयोजनाको बीचमा रहेको १३२ केभी क्षमताको टावर ढलेपछि अवरुद्ध बनेको विद्युत् सुविधा वैकल्पिक पोल बनाएर आपूर्ति गराउन थालिएको छ । टावर ढलेपछि म्याग्दीको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ५ मेगावाट क्षमताको घलेम्दीखोला, १३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाबाट उत्पादित राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन् । 

म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङलाई गण्डकी प्रदेशको राजधानी पोखरा हुँदै काठमाडौँलगायत देशका विभिन्न सहर जोड्ने मध्यपहाडी लोकमार्गको पर्वत खण्डको सडक शुक्रबारदेखि अवरुद्ध छ । सडक अवरुद्ध हुँदा गम्भीर अवस्थाका बिरामीलाई धौलागिरि क्षेत्र बाहिरका अस्पतालमा पु¥याउन हेलिकप्टर चार्टर गरेका छन् । पहिरोमा परेर पर्वतमा १० जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् । (रासस)