२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

भारतविरुद्धको मैत्रीपूर्ण फुटबलः नेपाली टोली जितका लागि उत्साहित

भारतविरुद्धको मैत्रीपूर्ण फुटबलः नेपाली टोली जितका लागि उत्साहित
अ अ+ अ-

काठमाडौँ । भारतसँगको पहिलो मैत्रीपूर्ण खेलमा एक एक गोलको बराबरी खेलेको नेपाली फुटबल टोली दोस्रो खेलमा जितका लागि उत्साहित छ । 

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा भारतविरुद्ध खेल्दै नेपालले पहिलो हाफमा एक शून्य गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा आक्रमक खेल खेल्न नसक्दा नेपाल जितबाट चुक्यो । भारतले एक गोल गर्दै खेललाई बराबरीमा रोक्न सफल भयो । पहिलो खेलमा निराश बनाएको नेपाली टोली आजको खेलमा घरेलु दर्शकलाई खुशी दिलाउन चाहन्छ । 

विश्व फुटबल महासङघ (फिफा) को बरियतामा नेपाल भन्दा भारत ६३ स्थानमाथि रहेको छ । तर पहिलो खेलमा बराबरीमा रोक्न सफल भएकाले नेपाली टोली निकै उत्साहित देखिन्छ । आज साँझ ५।३० बजे दरशथ रङगशालामा हुने दोस्रो खेलमा नेपाली टोली जितका साथ मैदान प्रवेश गर्नेछ । नेपाली टोलीलाई पाँच हजारभन्दा बढी दर्शकको साथसमेत रहने छ । 

फिफा बरियताअनुसार भारत १०५औँ स्थानमा तथा नेपाल १६८औँ स्थानमा रहेको छ । सन् १९८५ मा बङ्गलादेशमा दोस्रो दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साफ० मा भारतबीच पहिलो पटक भिडेको नेपालले त्यसयता उल्लेख्य प्रदर्शन गर्न सकेको छैन । हालसम्म दुवै देशबीच २० पटक फुटबल मैदानमा भिडन्त भएको छ । भारत १३ खेलमा विजयी हुँदा नेपालले दुई खेल मात्र जित्न सकेको छ । दुवै टोलीले पाँच पटक बराबरी खेलेका छन् ।  

पहिलो पटक नेपालले सन् १९९३ डिसेम्बर २६ मा बङ्गलादेशको ढाकामा सम्पन्न दक्षिण एशियाली खेलकूदमा भारतलाई टाइब्रेकरमा ४–३ गोलले हराएको थियो । निर्धारित र अतिरिक्त समयमा पनि दुवै टोलीले दुई दुई गोलको बराबरी खेलेपछि नेपालले भारतलाई टाइबे्रकरमा हराउन सफल भएको थियो । नेपालले भारतसित घरेलु मैदानमा भने तीन पटक मात्र खेलेको छ । 

सन् १९९९ सेप्टेम्बर ३० मा काठमाडौँमा भएको आठौँ दक्षिण एशियाली खेलकूदमा पहिलो पटक खेल्दा भारतले नेपाललाई ४–० गोलअन्तरले हराएको थियो । यस्तै सन् २०१३ सेप्टेम्बर पाँचमा काठमाडौँमा सम्पन्न साफ च्याम्पियनसिपमा दोस्रो पटक खेल्दा नेपालले भारतलाई २–१ गोलले हराएको थियो ।

 उक्त खेलमा नेपालका लागि जुमानु राई र अनिल गुरुङले गोल गर्नुभएको थियो । सन् २०१५ मार्च १७ मा काठमाडौँमा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले भारतसित गोलरहित बराबरी खेलेको थियो । भारतसितको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल जित्नेमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी ढुक्क हुनुहुन्थ्यो । खासगरी भारतीय टोलीमा अनुभवप्राप्त पुराना खेलाडीको अभाव रहेकोबारे प्रशिक्षक अलमुताइरी जानकार हुनुहुन्थ्यो । भारतसित नेपालले बराबरी खेलेपछि आजको खेलमा आफ्नो टोली जित्नेमा उहाँको विश्वास छ । नेपालभन्दा अब्बल टोली भारतलाई बराबरीमा रोक्दा अलमुताइरी उत्साहित हुनुभएको छ । 

उहाँले नेपाली टोलीले गर्व गर्न लायक प्रदर्शन गर्ने वाचा गर्दैआउनु भएको छ । अलमुताइरीको वाचाले पनि नेपाली टोलीमा उत्साह बढेको छ । नेपाली टोलीका लागि कप्तान किरणकुमार चेम्जोङ भरपर्दा गोलकिपर हुन । उहाँले पहिलो खेलमा पनि भारतीय टोलीलाई गोल गर्नबाट पटकपटक रोक्नुभयो । भारतीय कप्तान सुनिल क्षेत्रीलाई रोक्न सके मात्र पनि आफ्नो टोली खेल जित्नेमा चेम्जोङको विश्वास छ । भारतीय टोली क्षेत्रीका साथै अनिरुद्ध थापा, ब्राण्डन फर्नान्डज, प्रितम कोटललगायत खेलाडीमाथि निर्भर छ । नेपाली टोली गोलकिपर चेम्जोङका साथै अन्जन विष्ट, सन्तोष तामाङ, अनन्त तामाङ, पुजन उपरकोटीगायत खेलाडीको प्रदर्शनमा भर पर्ने छ । आजको खेलसँगै नेपाली गोलकिपर चेम्जोङले नेपालको टोलीबाट सर्वाधिक ७४ अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाउनुहुने छ । 

बिहीबार खेल्दा उहाँले बिराज महर्जनसित बराबरी गर्नुभएको छ । महर्जनले ७३ अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाली टोलीबाट सन्यास लिइसक्नुभएको छ । अन्तिम समयमा आएर दर्शकलाई मैदानमा प्रवेशको अनुमति दिइएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का अनुसार काठमाडौँ जिल्ला प्रशासन कार्यालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी०ले खेल हेर्न अनुमति दिएको हो । पहिलो खेलमा पाँच हजार एक सय दर्शकले मैदान प्रवेशको अनमुति पाएका थिए । नेपाली टोली भारतसित ६ वर्षपछि खेल्न लागेको हो । नेपालले भारतीय टोलीलाई आठ वर्षयता हराउनसकेको छैन । भारतले नेपालको गोलपोष्टमा हालसम्म ३४ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा १० गोल मात्र गर्न सकेको छ । 

एन्फाका अनुसार भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एशियाली फुटबल प्रतियोगिता ९साफ०को तयारी गर्न कतारको दोहा जाने छ । नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ । –विक्रम गिरी/मुना कार्की (रासस)