२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्धको मैत्रीपूर्ण फुटबलः नेपाली टोली जितका लागि उत्साहित



अ+ अ-

काठमाडौँ । भारतसँगको पहिलो मैत्रीपूर्ण खेलमा एक एक गोलको बराबरी खेलेको नेपाली फुटबल टोली दोस्रो खेलमा जितका लागि उत्साहित छ । 

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा भारतविरुद्ध खेल्दै नेपालले पहिलो हाफमा एक शून्य गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा आक्रमक खेल खेल्न नसक्दा नेपाल जितबाट चुक्यो । भारतले एक गोल गर्दै खेललाई बराबरीमा रोक्न सफल भयो । पहिलो खेलमा निराश बनाएको नेपाली टोली आजको खेलमा घरेलु दर्शकलाई खुशी दिलाउन चाहन्छ । 

विश्व फुटबल महासङघ (फिफा) को बरियतामा नेपाल भन्दा भारत ६३ स्थानमाथि रहेको छ । तर पहिलो खेलमा बराबरीमा रोक्न सफल भएकाले नेपाली टोली निकै उत्साहित देखिन्छ । आज साँझ ५।३० बजे दरशथ रङगशालामा हुने दोस्रो खेलमा नेपाली टोली जितका साथ मैदान प्रवेश गर्नेछ । नेपाली टोलीलाई पाँच हजारभन्दा बढी दर्शकको साथसमेत रहने छ । 

फिफा बरियताअनुसार भारत १०५औँ स्थानमा तथा नेपाल १६८औँ स्थानमा रहेको छ । सन् १९८५ मा बङ्गलादेशमा दोस्रो दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साफ० मा भारतबीच पहिलो पटक भिडेको नेपालले त्यसयता उल्लेख्य प्रदर्शन गर्न सकेको छैन । हालसम्म दुवै देशबीच २० पटक फुटबल मैदानमा भिडन्त भएको छ । भारत १३ खेलमा विजयी हुँदा नेपालले दुई खेल मात्र जित्न सकेको छ । दुवै टोलीले पाँच पटक बराबरी खेलेका छन् ।  

पहिलो पटक नेपालले सन् १९९३ डिसेम्बर २६ मा बङ्गलादेशको ढाकामा सम्पन्न दक्षिण एशियाली खेलकूदमा भारतलाई टाइब्रेकरमा ४–३ गोलले हराएको थियो । निर्धारित र अतिरिक्त समयमा पनि दुवै टोलीले दुई दुई गोलको बराबरी खेलेपछि नेपालले भारतलाई टाइबे्रकरमा हराउन सफल भएको थियो । नेपालले भारतसित घरेलु मैदानमा भने तीन पटक मात्र खेलेको छ । 

सन् १९९९ सेप्टेम्बर ३० मा काठमाडौँमा भएको आठौँ दक्षिण एशियाली खेलकूदमा पहिलो पटक खेल्दा भारतले नेपाललाई ४–० गोलअन्तरले हराएको थियो । यस्तै सन् २०१३ सेप्टेम्बर पाँचमा काठमाडौँमा सम्पन्न साफ च्याम्पियनसिपमा दोस्रो पटक खेल्दा नेपालले भारतलाई २–१ गोलले हराएको थियो ।

 उक्त खेलमा नेपालका लागि जुमानु राई र अनिल गुरुङले गोल गर्नुभएको थियो । सन् २०१५ मार्च १७ मा काठमाडौँमा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले भारतसित गोलरहित बराबरी खेलेको थियो । भारतसितको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल जित्नेमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी ढुक्क हुनुहुन्थ्यो । खासगरी भारतीय टोलीमा अनुभवप्राप्त पुराना खेलाडीको अभाव रहेकोबारे प्रशिक्षक अलमुताइरी जानकार हुनुहुन्थ्यो । भारतसित नेपालले बराबरी खेलेपछि आजको खेलमा आफ्नो टोली जित्नेमा उहाँको विश्वास छ । नेपालभन्दा अब्बल टोली भारतलाई बराबरीमा रोक्दा अलमुताइरी उत्साहित हुनुभएको छ । 

उहाँले नेपाली टोलीले गर्व गर्न लायक प्रदर्शन गर्ने वाचा गर्दैआउनु भएको छ । अलमुताइरीको वाचाले पनि नेपाली टोलीमा उत्साह बढेको छ । नेपाली टोलीका लागि कप्तान किरणकुमार चेम्जोङ भरपर्दा गोलकिपर हुन । उहाँले पहिलो खेलमा पनि भारतीय टोलीलाई गोल गर्नबाट पटकपटक रोक्नुभयो । भारतीय कप्तान सुनिल क्षेत्रीलाई रोक्न सके मात्र पनि आफ्नो टोली खेल जित्नेमा चेम्जोङको विश्वास छ । भारतीय टोली क्षेत्रीका साथै अनिरुद्ध थापा, ब्राण्डन फर्नान्डज, प्रितम कोटललगायत खेलाडीमाथि निर्भर छ । नेपाली टोली गोलकिपर चेम्जोङका साथै अन्जन विष्ट, सन्तोष तामाङ, अनन्त तामाङ, पुजन उपरकोटीगायत खेलाडीको प्रदर्शनमा भर पर्ने छ । आजको खेलसँगै नेपाली गोलकिपर चेम्जोङले नेपालको टोलीबाट सर्वाधिक ७४ अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाउनुहुने छ । 

बिहीबार खेल्दा उहाँले बिराज महर्जनसित बराबरी गर्नुभएको छ । महर्जनले ७३ अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाली टोलीबाट सन्यास लिइसक्नुभएको छ । अन्तिम समयमा आएर दर्शकलाई मैदानमा प्रवेशको अनुमति दिइएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का अनुसार काठमाडौँ जिल्ला प्रशासन कार्यालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी०ले खेल हेर्न अनुमति दिएको हो । पहिलो खेलमा पाँच हजार एक सय दर्शकले मैदान प्रवेशको अनमुति पाएका थिए । नेपाली टोली भारतसित ६ वर्षपछि खेल्न लागेको हो । नेपालले भारतीय टोलीलाई आठ वर्षयता हराउनसकेको छैन । भारतले नेपालको गोलपोष्टमा हालसम्म ३४ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा १० गोल मात्र गर्न सकेको छ । 

एन्फाका अनुसार भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एशियाली फुटबल प्रतियोगिता ९साफ०को तयारी गर्न कतारको दोहा जाने छ । नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ । –विक्रम गिरी/मुना कार्की (रासस)