२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

विरिङ खोला किनारमा आमा छोराको शव फेला



प्रतीकात्मक तस्बिर
अ+ अ-

झापा । कनकाई नगरपालिका–७ विरिङ खोलामा आज आमा छोराको शव फेला परेको छ । उक्त शव विराटनगर घर भई हाल कनकाई नपा–८मा रहेको माइती घरमा बस्दै आएकी ३८ वर्षीया उमा विक र उनको अढाइ वर्षीय छोरा शिशिर रहेको प्रहरीले जनाएको छ । 

मोरङ सुनवर्षी नगरपालिका बस्ने श्रीमान् दिलीप लोहाको मृत्युपछि उनी बच्चासहित माइतै बस्दै आएकी थिइन् । शनिबार राति बच्चासहित आफन्तलाई थाहै नदिइ घरबाट सुटुक्क हिँडेकी विक र बालकको शव विरिङ खोला किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताउनुभयो ।

विरिङ खोला किनारमा मान्छेको शव देखिएको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले आमा छोराको शव करिब एक किलोमिटरको अन्तरमा फेला परेको थियो । प्रहरीले उनले बच्चासहित खोलामा हाम फालेको हुनसक्ने आशङ्का गरेको छ । (रासस)