२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

मैत्रीपूर्ण खेलः नेपालविरुद्ध भारत विजयी

मैत्रीपूर्ण खेलः नेपालविरुद्ध भारत विजयी
अ अ+ अ-

काठमाडौं । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा भारत विजयी भएको छ । आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा भारत २–१ गोलले विजयी बनेको हो । भारतलाई जित दिलाउन खेलको ६२ मिनटेमा फारुक चौधरीले तथा ८० औं मिनेटमा सुनील क्षेत्रीले गोल गरे । 

पहिलो हाफमा घरेलु टिम नेपालले खेलमा दबाब राखेको थियो । खेलको १२ औं मिनेटमा मनिष डाँगीले गोल गर्ने सुनौलो अवसर खेर फालेका थिए । 

यता खेलको २३ औं मिनेटमा भारतका अनिरुद्ध थापाले गोल गर्ने अवसरलाई नेपालका गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट क्लियर गरेका थिए । 

२६ औं मिनेटमा नेपालले थप अर्को अवसर पाएको थियो । आयुष घलानले हेडमार्फत गोल गर्ने राम्रो अवसर खेर फाले । उनी मार्कमा रहेपनि बललाई भेट्न भने असमर्थ रहे । 

नेपालका गोलकिपर किरण चेम्जोङले लङ रेन्जमा फालेको बल आयुष घलानले पुनः गोल गर्ने अवसर पाएका थिए । वान टु वान मार्कमा रहेका घलान गोल गर्न चुके । 

यता दोस्रो हाफमा भारत खेलमा फर्कियो । नेपालका लागि खेलको ६७ औं मिनेटमा विशाल राईले गोल गर्ने सुनौलो अवसर खेर फाले । सब्सीच्युटको रुपमा मैदान छिरेका नवयुग श्रेष्ठले दिएको उत्कृष्ट पासलाई उनी गोल गर्न चुके । उनले वान टचमा प्रहार गर्नुपर्ने बल होल्ड गरेर मिलाएर हान्न लाग्दा चुकेका हुन् । 

यस्तै ७२ औं मिनेटमा अन्जन विष्टले क्रस गरेको बललाई मार्कमा रहेका मनीष डाँगीले गोल गर्ने राम्रो अवसर पाएपनि उनी असफल रहे । नेपाललाई बराबरी गर्ने सुनौलो अवसर उनले खेर फाले । 

८६ औं मिनेटमा तेज तामाङले डि–बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै नेपाललाई खेलमा फर्काए । त्यसपछि थप गोल हुन नसक्दा खेल भारतको पक्षमा गयो । यसअघि बिहीबार नेपाल र भारतले १–१ गोलको बराबरी खेलेका थिए ।  

यो पनिः कप्तान किरणको नाममा बन्यो यस्तो रेकर्ड