२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

बस्ती बन्यो, हस्तान्तरण भएन

बस्ती बन्यो, हस्तान्तरण भएन
अ अ+ अ-

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–५ काउलेका १० दलित परिवारका लागि एकीकृत बस्ती निर्माण गरिएको छ ।  २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण क्षति पुर्याएको बस्तीको पुनःनिर्माण गरिए पनि आर्थिक वर्ष २०७७/७८ मै भूकम्पपीडितले पाउनुपर्ने घर पीडितले अहिलेसम्म पाएका छैनन् । 

विसं २०७५ वैशाखमा भूकम्पपीडितका लागि एकीकृत बस्ती निर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले संयुक्त लालपूर्जा वितरण गरेको थियो । जग्गा खरिदका लागि प्रतिपीडित परिवार रु दुई लाख रकमसमेत दिइएको थियो । घर बनेको छ महिना पुग्दासमेत घरमा सर्न नपाएको चिन्ते दमाइले जानकारीदिनुभयो । विसं २०७२ को भूकम्पले कमजोर बनाएको घर ०७५ सालको वर्षाका कारण बस्न नमिल्ने अवस्था पुगेको थियो । घर चर्किएर विस्थापित भए पछि चार वर्षसम्म धेरै दुःखले बसेको उहाँको गुनासो छ । वैशाखमा नयाँ घर पाउने भनिए तापनि अहिलेसम्म घर दिने केही कुरा नभएको उहाँको भनाइ छ । 

शिवधुरी एकीकृत नमूना बस्ती निर्माण समितिका अध्यक्ष सुस्मिता दर्जीले समयमा किस्ता नपाएको कारणले अहिले केही काम ढिलाइ भएको र त्यही विषयले समस्या पैदा भएको बताउनुभयो । बागलुङको एकीकृत बस्तीका लागि आएको रकम लमजुङ पठाएकै कारणले अहिलेसम्म बस्ती निमार्ण सम्पन्न नभएको उहाँको भनाइ छ । बस्तीमा आउने बाटो, सभाहल र वालका लागि रु ४० लाख बजेट आउने भनेर काम गरे तापनि अहिलेसम्म रु सात लाख मात्रै आएकाले त्यस बराबरको काम मात्र सम्पन्न भएको उहाँ बताउनुहुन्छ । घर निर्माण भए पनि हस्तान्तरण नहुँदा स्थानीयले समस्या झेलिरहेको उहाँको भनाइ छ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख रेणुकाकुमारी पाण्डेले भूकम्पले विस्थापित भएका काउलेका भूकम्पपीडितको घर निर्माण गरिसकेको जानकारी दिनुभयो । भवन निर्माण सम्पन्न भए पनि एकीकृत बस्तीको तेस्रो किस्ता रोकिएका कारण भूकम्पपीडितलाई घर हस्तान्तरण गर्न नमिलेको उहाँको भनाइ छ । 

समितिलाई समयमा काम सम्पन्न गर्न पटक–पटक भनिए तापनि बस्तीमा शौचालय निर्माण नगरिएका कारण किस्ता रोकिएको र बस्ती हस्तान्तरणमा ढिलाइ भएको प्रमुख पाण्डे बताउनुहुन्छ । उहाँका अनुसार असार मसान्तभन्दा पहिला काम सकेको भए सबै रकम बुझाएर बस्ती पनि हस्तान्तरण भई सक्ने थियो ।  

आव ०७७/०७८ मा एकीकृत बस्ती निर्माणको लागि आएको रकम काम समयमा सम्पन्न नभएर फिर्ता भइसकेको र राष्ट्रिय पुनःनिर्माणको असार मसान्त पछि काम सकिने भएका कारण अहिलेका अवस्थामा तेस्रो किस्ता मन्त्रालयबाटै नआएको उहाँले जानकारी दिनुभयो । अहिलेसम्म केन्द्रबाट बिहँु काउलेको एकीकृत बस्तीलाई कसले हस्तान्तरण गर्ने भनेर माथिबाट पत्र नआएका कारण बस्ती हस्तान्तरण गर्न नमिलेको उहाँको भनाइ छ । 

अहिले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ आफैँ अन्यौलमा छ । मन्त्रालयबाट  पत्र आएको  खण्डमा यही भदौभित्र नै जिल्लाको पुनःनिर्माण कार्यलय बन्द हुनेछ । यसकारणले आफू स्वयं गएर पटक÷पटक एकीकृत बस्ती निर्माण समितिलाई असार मसान्तभित्र काम सकेमा सबै रकम भुक्तान गर्न सकिने भनेर जानकारी गराए पनि ढिलासुस्तीले अहिले एकीकृत बस्ती हस्तान्तरण गर्न नसकिएको प्रमुख पाण्डेको भनाइ छ ।

बस्तीभित्र बाटो निर्माण, सार्वजनिक शौचालय, सार्वजनिक बैठक हल बनाउने भनेर रु ४० लाख बजेट आएको थियो ।समितिले समयमा काम नगरेका कारणले अघिल्लो वर्षको बजेट सबै फ्रिज भएको बताइएको छ ।