२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ जनप्रतिनिधिद्वारा एकीकृत समाजवादीमा सनाखत



अ+ अ-

लमजुङ । जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीसहित जिल्लामा नौ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा आइतबार सनाखत गराउनुभएको छ । 

जिल्ला निर्वाचन कार्यालयमा पुगेर उपप्रमुख नेपाली सहित मेरिङ्देन गाउँपालिका –६ का वडाध्यक्ष ठाकुरसिंह लिम्बू,प्रवक्ता सूर्यमान बराइली, कार्यपालिका सदस्य दोर्जी शेर्पा, वडा नं १ का सदस्य मानबहादुर लिम्बू, वडा नं २  का सदस्य पूर्णबहादुर कामी, वडा नं–३ का वडाध्यक्ष गजेन्द्रकुमार नाल्बो, दलित महिला सदस्य दिलमाया नेपाली र समन्वय समिति सदस्य निमातेन्जी शेर्पा छन् । 

दल विभाजनसम्बन्धी अध्यादेशमा यही भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था गरिएको जनाइएको छ । सोही अवधिमा नागरिकता, मतदाता परिचयपत्र, निर्वाचित भएको प्रमाणपत्रसहित स्वयं उपस्थित भएर सनाखत गर्न सकिने निर्वाचन कार्यालयले जनाएको छ ।