२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गच्छदारका प्रमुख सहयोगीलाई देउवाले बनाए नेविसंघ महामन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुनसरीका कपिलेश्वर यादव नेपाल विद्यार्थी संघको महामन्त्रीमा नियुक्त भएका छन् ।गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरम र कांग्रेसबीच एकीकरणको पूर्वसहमतिअनुसार यादवलाई नेविसंघ महामन्त्रीमा नियुक्त गरिएको हो ।

सुनसरीका यादव उपसभापति विजयकुमार गच्छदार निकट नेता मानिन्छन् । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार यादवलाई महामन्त्रीमा नियुक्त गरेको बताए । 

‘नेपाली कांग्रेस पार्टीमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठानिक संरचना समायोजनका लागि भएको सहमतिअनुसार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले ‘नेपाली विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति’ को महामन्त्री पदमा सुनसरीका कपिलेश्वर यादवलाई नियुक्त गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यादव गच्छदारका प्रमुख सहयोगीसमेत हुन् ।