२१ आश्विन २०८१, सोमबार
,
Latest
सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गच्छदारका प्रमुख सहयोगीलाई देउवाले बनाए नेविसंघ महामन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुनसरीका कपिलेश्वर यादव नेपाल विद्यार्थी संघको महामन्त्रीमा नियुक्त भएका छन् ।गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरम र कांग्रेसबीच एकीकरणको पूर्वसहमतिअनुसार यादवलाई नेविसंघ महामन्त्रीमा नियुक्त गरिएको हो ।

सुनसरीका यादव उपसभापति विजयकुमार गच्छदार निकट नेता मानिन्छन् । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार यादवलाई महामन्त्रीमा नियुक्त गरेको बताए । 

‘नेपाली कांग्रेस पार्टीमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठानिक संरचना समायोजनका लागि भएको सहमतिअनुसार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले ‘नेपाली विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति’ को महामन्त्री पदमा सुनसरीका कपिलेश्वर यादवलाई नियुक्त गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यादव गच्छदारका प्रमुख सहयोगीसमेत हुन् ।