२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संखुवासभाको मादी नगरपालिका उम्लिङमा एकै परिवारका ६ जनाको हत्या



अ+ अ-

काठमाडौं । संखुवासभाको मादी नगरपालिका उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको आशंका गरिएको छ । रातको समयमा भएको घटनामा पाँचका घर भित्र हत्या भएको र एक जनाका घर नजिकै शव फेला परेको छ ।

घटनाको बारेमा थप अनुसन्धान र जानकारी लिन प्रहरीको टोली सदरमुकाम खादबारी बाट घटनास्थल तर्फ गएको छ । हत्या हुनेमा ५८ वर्षीय तेज कुमार कार्की, ५१ वर्षीय मन माया कार्की, २६ वर्षीय रञ्जना घिमिरे कार्की ९ वर्षीय दिपेन कार्की र ३ वर्षीय गोमा कार्की रहेका छन् । 

मृतक कार्कीको जेठो छोरा वैदेशिक रोजगारीका लागि मलेशिया, कान्छो छोरा दुबई र कान्छी बुहारी झापामा रहेका छन् । नेपाली काग्रेसका स्थानीय नेता रामकुमार जिमीले न्यूजपोलारसँग भन्नुभयो, "बाजे बाचेका छन् भन्ने सुनेका छौँ हामी पनि घटना बारे बुझ्दै छौँ । अकल्पनीय घटना भयो ।"