२१ आश्विन २०८१, सोमबार
,
Latest
‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

संखुवासभाको मादी नगरपालिका उम्लिङमा एकै परिवारका ६ जनाको हत्या



अ+ अ-

काठमाडौं । संखुवासभाको मादी नगरपालिका उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको आशंका गरिएको छ । रातको समयमा भएको घटनामा पाँचका घर भित्र हत्या भएको र एक जनाका घर नजिकै शव फेला परेको छ ।

घटनाको बारेमा थप अनुसन्धान र जानकारी लिन प्रहरीको टोली सदरमुकाम खादबारी बाट घटनास्थल तर्फ गएको छ । हत्या हुनेमा ५८ वर्षीय तेज कुमार कार्की, ५१ वर्षीय मन माया कार्की, २६ वर्षीय रञ्जना घिमिरे कार्की ९ वर्षीय दिपेन कार्की र ३ वर्षीय गोमा कार्की रहेका छन् । 

मृतक कार्कीको जेठो छोरा वैदेशिक रोजगारीका लागि मलेशिया, कान्छो छोरा दुबई र कान्छी बुहारी झापामा रहेका छन् । नेपाली काग्रेसका स्थानीय नेता रामकुमार जिमीले न्यूजपोलारसँग भन्नुभयो, "बाजे बाचेका छन् भन्ने सुनेका छौँ हामी पनि घटना बारे बुझ्दै छौँ । अकल्पनीय घटना भयो ।"