२१ आश्विन २०८१, सोमबार
,
Latest
सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य



अ+ अ-

काठमाडौं । आगामी असोजदेखि सरकारी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी भएको छ। इम्बोस्ड नम्बर प्लेट वितरण प्रभावकारी हुन नसकेपछि सरकारले असोजदेखि अनिवार्य गर्न लागेको हो ।

सवारी साधनको सम्पूर्ण विवरण डिजिटल प्रणालीमार्फत अनुगमन गर्नका लागि इम्बोस्ड नम्बर प्लेट लागू गर्न लागिएको हो । विभागका प्राविधिक निर्देशक रामशरण पौडेलले इम्बोस्ड नम्बर प्लेटको प्रभावकारिताका लागि असोजदेखि अनिवार्य गर्ने तयारी भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, असोजदेखि पहिलो चरणमा बागमती प्रदेशका सवारीलाई दर्ता, नवीकरण र नामसारी गर्न आउन इम्बोस्ट नम्बर प्लेट अनिवार्य गरिँदै छ ।

विभागले गत २०७४ साल भदौ ५ गतेबाट इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो । तर सर्वोच्च अदालतले २०७४ फागुन १० गते सवारी साधनमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएपछि वितरण रोकिएको थियो ।

सोही रिटलाई २०७५ मङ्सिर २७ गते सर्वोच्चले खारेज गरेपछि विभागलाई बाटो खुलेको छ।