२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

गिनीमा सेनाद्वारा सत्ता कब्जा

गिनीमा सेनाद्वारा सत्ता कब्जा
अ अ+ अ-

एजेन्सी । पश्चिम अफ्रिकी मुलुक गिनीमा सेनाले राष्ट्रपतिलाई अपदस्थ गरी सत्ता नियन्त्रणमा लिएको छ । 

सेनाले त्यहाँको राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति अल्फा कोन्डेलाई अपदस्थ गरी सत्ता हातमा लिएको जानकारी दिएको छ । 

सेनाको घोषणाअघि राजधानी कोनाक्रीस्थित राष्ट्रपति कार्यालय नजिक दोहोरो गोली हानाहान भएको बताइएको छ । 

यता राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेस र अफ्रिकी युनियनले सेनाको ‘कु’को निन्दा गर्दै राष्ट्रपति कोन्डेको अवस्था सार्वजनिक गर्न माग गरेका छन् ।

गिनी प्राकृतिक स्रोतसाधनका दृष्टिले धनी राष्ट्र हो । तर, दशकौ लामो अशान्ति र व्यवस्थापनको अभावमा ती अमूल्य स्रोतसाधन प्रयोगमा आउन सकेको छैन ।

हिंसाबीच गत वर्ष सम्पन्न निर्वाचनमा कोन्ड‍े तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिएका थिए । उनी सन् २०१० मा पहिलोपटक विजयी भएका थिए ।

गिनीको अशान्तिकै कारण मोरक्कोविरुद्ध विश्वकपको छनोट खेल पनि स्थगित भएको छ । फिफाले सम्पूर्ण खेलाडी र खेल अधिकारीको सुरक्षाका लागि खेल स्थगित गरेको जनाएको छ ।